एकिकृत बचत तथा ऋण सहकारीको १४ औं बार्षिक साधारण सभा चन्द्रपुरमा सम्पन्न

257 Shares

चन्द्रपुर (रौतहट), १८ मंसिर । एकिकृत बचत तथा ऋण सहकारी संस्थाको १४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
रौतहटको चन्द्रपुरमा आयोजित एकीकृत बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारण सभा सम्पन्न भएको हो ।
सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर खड्काको अध्यक्षमा सम्पन्न भएको भएको बार्षिक साधारण सभामा चन्द्रपुरका मेयर संजय काफ्लेले सहकारीको माध्यमबाट गरिव असहाय वर्गहरु बचत गर्ने बानीको विकास भएको बताए । सहकारीले अहिले निम्न बर्गलाई निकै फलदायी सावित भएको बताए ।
कार्यक्रममा चन्द्रपुर सहकारी शाखा प्रमुख नसरे आलम र सहकारी अभियन्ता कालिन्दी घिमिरेको विशिष्ठ आतिथ्यता तथा​ नवविकास साकोसका कोषाध्यक्ष दिनेश मैनाली, स्वस्तिक साकोसका प्रतिनिधि, संकल्प साकोस प्रतिनिधि बलराम गौतम र सफल साकोस सचिव प्रकाश तिमल्सिनाको उपस्थिति रहेको थियो ।
उक्त अवसरमा संस्थाका अध्यक्ष खड्काले बैंकको पहुँचमा पुग्न नसकेका आफ्ना सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको बताए । हाल संस्थाको शेयर पूँजी १ करोड ६ लाख ८० हजार ९ सय रुपियाँ रहेको संस्थाका उपाध्यक्ष ऋषबदेब आचार्यले उल्लेख गरे ।
उक्त सभाबाट संस्थाका अध्यक्ष खडका, सचिब गणेशकुमार दाहाल, कोषाध्यक्ष पार्बती खडका र लेखा समितिका संयोजक जगदीप चौधरीद्वारा प्रस्तुत गरेको प्रतिवेदनलाई साधारण सभाले पारित भएको थियो ।
आर्थिक वर्ष २०७८र७९ मा संस्थाले ३३ लाख रुपियाँ नाफा आर्जन गर्न सफल भएको छ । साथै साधारण सभाले शेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । संस्थामा हाल २ हजार ४१ जना सदस्य र ६ जना कर्मचारी रहेका छन् ।
साधारण सभाको अवसरमा ८ जना जेष्ठ नागरिक, दुई जना असल ऋणी, ५ जना असल बचतकर्ता, यस वर्षको एसइइमा उत्कृष्ट शेयर सदस्यका सन्तानलाई रु १००५ र सहित सम्मान गर्नुका साथै उत्कृष्ट बाल सदस्यलाई सम्मान पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा सहकारी अभियन्ता कालिन्दी घिमिरेलाई सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिनुका साथै उत्कृष्ट कर्मचारी सम्मान बजार प्रतिनिधि रचना बोलखेलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।