323
Shares
काठमाडौं । लेनदेनको बिषयमा तीन जना चिनियाँ नागरिकहरु काठमाडौंको इन्द्रचोकमा झगडा गरेर धारिलो हतियार प्रहार गर्दा एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
झड्पको क्रममा गम्भीर घाईते भएका २९ बर्षिय चिनियाँ नागरिक गान साउसियङको मृत्यु भएको हो ।
गत आईतवार साढे ११ बजेतिर उनीहरु विच इन्द्रचोकमा लेनदेनको बिषयमा झड्प हुँदा ३७ बर्षिय चिनियाा नागरिक फङ चुङयुनले धारिलो हतियार प्रहार गरेर दुई चिनियाँ नागरिकलाई गम्भीर घाइते बनाएका थिए जस मध्ये एक जनाको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ भने अर्का घाइते ली चुवानको उपचार भईरहेको बताइएको छ ।
धारिलो हतियार प्रहार गर्ने फङ चुङयुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन