दुबई । विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा साविक विजेता फ्रान्सले इंग्ल्यान्डलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
शनिबार राति कतारको अल बायत स्टेडियममा भएको अन्तिम क्वाटरफाइनलमा फ्रान्सले इंग्ल्यान्डलाई २ को विरुद्ध १ गोलकोअन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा ओरेलिएन चुवामेनी र ओलिभर जेरुडले एक÷एक गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी गोल फर्काए। केन अर्को एउटा पेनाल्टीमा चुक्दा इंग्ल्यान्डको कतार विश्वकप यात्रा टुंगिन पुगे ।
खेलको १७ औं मिनेटमा फ्रान्सका लागि गोल गर्दै चुवामेनीले सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफ १ शून्य गोल अन्तरमा सकिएको खेलको ५४ औं मिनेटमा केनले पेनाल्टी मार्फत गोल गर्दै इंग्ल्यान्डलाई १÷१ को बराबरीमा फर्काएका थिए।
खेलको ७८ औं मिनेटमा जेरुडले हेडर मार्फत उत्कृष्ट गोल गर्दै फ्रान्सलाई २÷१ को अग्रता दिलाए । फ्रान्सका लागि दुवै गोलको पास ग्रिजम्यानले मिलाएका थिए । खेलको ८४ मिनेटमा इंग्ल्यान्डले पाएको पेनाल्टीको सदुपयोग नगर्दा उसले विश्वकप यात्रा बाहिरिन बाध्य भए ।
अब फ्रान्सले सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । शनिबार राति पोर्चुगललाई १ शून्यले पराजित गर्दै मोरक्कोले सेमिफाइनल यात्रा तय गरिसकेको छ। अफ्रिकी महादेशबाट पहिलो पटक फुटबल विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो देश मोरक्को बनेका छन् । एएनआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन