नयाँ सरकार आफू अनुकुल हुनुपर्ने चिनियाँ चलखेल व्याप्त

190 Shares

काठमाडौं । पाँच बर्षे अवधी पुरा गरी मुलुकमा नियमित रुपमा प्रतिनिधि सभाको निर्वाचन सकिए सँगै नयाँ सरकार गठनको जोडघटाउ प्रक्रिया सुरु भएको छ । नयाँ सरकार गठनका लागि दलहरुले आ आफ्नो गृहकार्यलाई अघि बढाइरहेको हो। निर्वाचनको मतपरिणामलाई हेर्दा सामान्यरुपमा गठबन्धन गरेर चुनावमा होमिएका दलहरु नै सरकार गठनका लागि तीव्रताका साथ लागिरहेका छन्।
नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका विषयमा दलहरुबीच आन्तरिक छलफल भइरहेको छ। तर, उत्तरी छिमेकी चिनले भने नेपाली कांग्रेसलाई बाहिर राखेर सरकार गठनका लागि जोड गरिरहेको छ। नेपालका लागि चिनियाँ राजदूतको कार्यकाल सकिएर उनी फर्किएपछि अहिले निमित्तका भरमा दूतावास सञ्‍चालन भइरहेको छ। यद्पि दूतावासमा रहेका कर्मचारीहरुले भने कम्युनिस्ट नेताहरुसँग भेट गर्दै नयाँ सरकार वाम नेतृत्वमा नै हुनुपर्ने बताइरहेका छन्।
चीनले सकेसम्म कांग्रेस नेतृत्वमा बन्‍न लागेको सरकारमा अवरोध सिर्जना गर्ने र नसके आन्तरिक अस्थिरता निम्त्याउने प्रयासमा लागेको छ। यसैका लागि नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई उत्तरी छिमेकी चीनले बोलाएको छ। विगत पाँच वर्षमा नेपालको राजनीतिलाई निकै अस्थिर बनाएको पनि पछिल्लो समय भएको निर्वाचनबाट स्थिरताको अपेक्षा गरिएको थियो।
तर, फेरि नेपालमा अस्थिरता निम्त्याएर नेपाललाई आफ्नो चंगुलमा पार्ने षड्यन्त्रमा चीन लागेको छ। चीनले नेपालमा आफ्नो अनुकूलको सरकार निर्माणको तयारी थालेको हो। यसका लागि नेपालमा रहेका चिनियाँ कूटनीतिज्ञहरुले नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहित नेकपा एकीकृत समाजवादीका नेताहरु भेटघाट गरिरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।