रौतहट, २५ मंसिर । देशभर चिसो बढेको छ । दिउँसो घाम लागेको बेला पनि बिहान र बेलुकाको समयमा धरै चिसो महसुस हुने गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान शाखाका अनुसार तापक्रम घट्दै जाने भएकाले चिसो थप बढदै छ ।
महाशाखाका अनुसार देशका मध्य, मध्यपश्चिम र पूर्वी तराई÷मधेशका जिल्लाहरुमा कुहिरो लाग्न थालेको छ । कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, नवलपरासी पूर्व, चितवन, पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापामा बिहानपख हुस्सु र कुहिरो लागेको छ ।
हुस्सु र कुहिरो मध्याह्न सम्ममा भने क्रमिक रुपमा हट्दै जाने गरेको महाशाखाले जनाएको छ ।
हुस्स–कुहिरोसँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रहसमेत गरेको छ । गत चौबिस घण्टामा काठमाडौंको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसमा झरेको छ ।
हाल नेपालमा उल्लेख्य मौसमी प्रणाली भने छैन । त्यसैले देशभरको मौसम सामान्यतया सफा छ । आइतबार र सोमबार देशभरको मौसम सफा रहने छ । मंगलबार भने प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जारी गरेको प्रतिवेदनमा उल्लेख छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन