रौतहट, २५ मंसिर । मंसिर ४ मा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफलता पूर्वक सम्पन्न गराउने सुरक्षा निकायका पदाधिकारी सहित एक दर्जन व्यक्तिहरुलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय रौतहटले सम्मान एवं प्रशंसा पत्र प्रदान गरेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ रौतहट गौरद्धारा आईतवार पत्रकार भेटघाट, राजनितिक दल, उम्मेदवार संग अन्तरक्रिया तथा सम्मान कार्यक्रममा एक दर्जन भन्दा बढिलाई सम्मानित गर्दै प्रशंसा पत्र मुख्य निर्वाचन अधिकृत मातृका प्रसाद मरासिनीले प्रदान गरेको हो ।

सम्मानित एवं प्रशंसा पत्र पाउनेमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, नेपाल पत्रकार महासंघ रौतहट शाखा सहित एक दर्जन भन्दा बढि सुरक्षा निकायका पदाधिकारी, निर्वाचन कार्यालय, अदालतका कर्मचारी, कोषलेखाको प्रमुख, बैंक कर्मी, शिक्षक लगायतका व्यक्तिहरु रहेका थिए ।
आउदो मंसिर २७ गते देखि औपचारिक रुपमा निर्वाचन अधिकृतको कार्यालयको काम कत्तव्र्य सम्पन्न हुने भएको हुँदा सम्पूर्ण कागजातहरु जिल्ला निर्वाचन कार्यालय गौरलाई जिम्मा लगाउने कुरा मुख्य निर्वाचन अधिकृत मरासिनीले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन