रौतहट, २५ मंसिर । वृन्दावन नगरपालिकामा मेयर उपमेयर वीच अधिकारको लागि विवाद चरम सिमामा पुगेको छ । मेयर विनोद प्रसाद कुर्मीले उपमेयरको अधिकार मिच्दै विना सलाह लिई वाइपास गरेर काम कत्तव्र्य निर्वाह गर्दै आएपछि दुबै जना विच विवाद चुलिदै गएको हो ।
उनीहरु केही पत्रकारहरु मार्फत समाजिक संजाल एवं केही अनलाईन मार्फत दोषारोपन गर्ने कार्यलाई अहिले तिव्रता दिएका छन् ।
केही दिर्ने पहिला सो नगरपालिकाका मेयर बिनोद प्रसाद कुर्मीले आफुसंग उप मेयरले मोटो रकम माग गरेको र नदिएपछि बिभिन्न आरोप लगाएको बताएका थिए । त्यसको लगत्तै उप मेयर संगिता कुमारी रामले शनिबार चन्द्रपुर स्थित नीजि निवासमा पत्रकार सम्मेलन गर्दै वृनदावन नगरपालिकाका उपमेयर नगरप्रमुख कुर्मीले माथि लगाएको आर्थिक लाभको गलत आरोप रहेको बताएकी थिईन ।
मेरो लडाइँ बजेटको लागि होईन, अधिकारको लागि हो, नगरप्रमुख बिनोद प्रसाद कुर्मीले आफुमाथि गलत र निराधार आरोप लगाएको बताइन् । उपमेयर रामले भनिन् बजेट मेयरको घरको होईन्, विकास निर्माणको लागि हो ।
बजेट मैले मेयर सँग माग गर्नै पर्दैन् नियम प्रक्रिया अनुसार बजेट खर्च हुने हो उप मेयर रामले भनिन् । नगरपालिकाको बैठक लगायत कुनै पनि कार्य सम्बन्धि जानकारी नै नदिई मेयरले मनलाग्दी काम गरेको उनको भनाइ थियो । मेयर कसर्मीले शुक्रबार पत्रकार सम्मेलन मार्फत दिएको बक्तब्य प्रति खेद प्रकट समेत गरेकी छन् ।
उनले भनिन् नगरप्रमुखले बोल्नु भएको कुराहरु सरासर निन्दनिय र अमर्यादित छ । नगरप्रमुख र उपप्रमुखलाई सुविधा संघ र प्रदेशले व्यवस्था गरेको अनुसार पाउनु पर्ने हो । सुविधा लिनुपरेमा कार्यापालिका बैठकबाट पारित गराउनु पर्ने हुन्छ । सेवा सुविधाको बारेमा नगरप्रमुखले दिएको बकतव्य प्रति उपमेयर रामले आपत्ती जनाएकी छन् ।
उप मेयरका अनुसार उनले चुनावी अभियानमा मतदातालाई दिएको केही वाचा र अश्वासनलाई पूरा गर्नका निम्ति केही योजनाहरु राखिदिन आग्रह गरेको थिइन् तर नगरप्रमुख कुर्मीले हाकिमलाई मिलाएर नगरपालिका सम्बन्धि हरेक कार्यमा आफुलाई छाडेर हिड्न थालेको उनको गुनासो थियो ।
आफुले बारम्बार मैखिक रुपले बैंक स्टेटमेन्ट प्रशासकीय अधिकृत सँग माग गर्दा नदिएपछि आफुले लिखित रुपमा पनि माग गरेको बताइएकी छिन् ।
न्यायिक समिति सचिवालयमा चाहिने कर्मचारी मध्ये कम्प्युटर अपरेटर र आवश्यक फर्निचको साथै स्टेसनरी, कानुनको पुस्तकहरु आफुले लखित रुपमा माग गरेपनि नगर प्रमुख कुर्मीले अटेरी गर्दै आएको उपमेयर रामको भनाइ छ । नगर प्रमुखको रबैयाले नगरपालिका भ्रष्टाचारमा लिप्त हुने संकेत पनि झल्किन थालेको उपमेयर रामले आरोप लगाइन ।
यता शुक्रबार वृन्दावन नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगरप्रमुख कुर्मीले उपप्रमुख संगीतादेवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुँदा विकास निर्माणका कार्यहरु प्रभावित हुन पुगेको आरोप लगाएका थिए ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २९ करोड रकम मध्ये ३ करोड निजी रुपमा सञ्चालन गर्नको लागि माग गर्दा विकासको योजना सञ्चालन बाहेक रकम भागबण्डा गर्न नसकिने जबाफ दिएपछि उपप्रमुख रामले आफ्ना समर्थकहरुको मार्फत सामाजिक सञ्जाल आरोप लगाउने कार्य गरेको टिप्पणी गरेका थिए । मेयर र उप मेयर बिचको बिवादका कारण सो नगरपालिकाको काम काज प्रभावित बन्दै जान थालेको स्थानीय बासिन्दाको भनाई रहेको छ । मेयर कुर्मी र उप मेयर राम नेकपा एस पार्टीबाट चुनाव जितेका हुन ।
यसरी विकास निर्माण लगायत नगरपालिकामा निर्वाचित भएका मेयर उपमेयर बजेट भागबण्डाको कारण विवाद चुलिदै जाँदा जनताको कामकाज प्रभावित हुँदै आएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन