काठमाडौं, २६ मंसिर,। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहाले हल्ला हुने क्रम्मा उनका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगे ।
चौधरीलाई स्वागत गर्नु भन्दा अगाडी केही कार्यकर्ताहरु झण्डा र फूलमाला सहित कारागारको अगाडि गएर बसेका हुन् । २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित कयौं मृत्यु भएको थियो ।
प्रहरीका पाँच जना, सशस्त्र प्रहरी दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ पाए ।
आइतवार बसेको मन्त्रिपरिषद बैठकले फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरे सँगै चौधरी कारागार मुक्त हुने भएको छ ।
एक मन्त्रीका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट हुबहु जारी भयो भने जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरी छुट्नेछन् । सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन