रौतहट, २७ मंसिर । मधेश प्रदेशमा नेपाली काँग्रेसको संसदीय दलका नेता बन्न लविंग सुरु भएको छ । मधेश प्रदेशमा नेपाली काँग्रेसको नेतामा प्रबल दावेदारको रुपमा प्रदेश सभापति कृष्णप्रसाद यादव रहेको हो । किन भने नेपाली काँग्रेसका प्रदेश सभापतिको हैसियतले पनि उनलाई संसदीय दलको नेताको रुपमा अघि बढ्न कसैले पनि रोक्न सक्दिन तर पार्टी भित्र आपसी छलफल एवं समझदारीबाट नै संसदीय दलका नेताको टुंगो लाग्ने उनले बताए ।
हुनत यस अघिका संसदीय दलका नेतामा रामसरोज यादव पनि नेता बन्न होडमा लागेका छन् किन भने मधेश प्रदेशमा काँग्रेसकै नेतृत्वमा सरकार बन्ने भएको हुँदा नेता बन्ने आकाँक्षीहरुको संख्या बढ्न सक्ने श्रोतले बतायो ।
प्रत्यक्ष १३ र समानुपातिक ९ गरी २२ सिटसहित नेपाली कांग्रेस मधेश प्रदेश सभाको दोस्रो ठूलो दल बनेको छ ।
यो प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना रहेकाले दलको नेता बन्ने आकांक्षी बढी छन् । त्यस्तै निवर्तमान महिला बालबालिका युवा तथा खेलकुद मन्त्री समेत रहेका नवनिर्वाचित सांसद विरेन्द्र सिंह र कांग्रेस पर्सा जिल्ला सभापति जनार्दन क्षेत्री पनि आकांक्षी छन् ।
दलको नेताको दाबेदार चारैजना संस्थापन पक्षकै हुन् । कृष्ण वा रामसरोज मध्ये एकजना दलको नेता बन्ने अवसर पाउन सक्ने प्रवल सम्भावना रहेको कांग्रेसकै नेताहरु बताउँछन् ।
पार्टीको मधेश प्रदेश सभापति रहेकाले दलको नेतामा आफ्नो दावी स्वतः हुने कृष्ण बताउँछन् । यो प्रदेशको सभापतिको हैसियतले म दलको नेताको स्वाभाविक आकांक्षी हुँ । तर पनि संगठन भित्र छलफल गरेर सहमतिमा टुंग्याउँछौं । छलफल भइरहेको छ,’ कृष्णले भने ।
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी मधेश प्रदेशसभामा १०७ सिट रहेको छ । प्रदेश सभामा २३ सिटसहित नेकपा एमाले पहिलो दल बनेको छ । १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेका छन् । प्रत्यक्षमा ६ सांसद स्वतन्त्र निर्वाचित भएका छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्ष तर्फ नजिते पनि समानुपातिकतर्फ एक एक सिट पाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन