रौतहट, २७ मंसिर । हिउद लागेपछि पानीको बहाव कम हुँदा नेपाल विद्युत प्राधिकरणले भारतबाट विजुली खरिद गर्न लागेको छ ।
प्राधिकरणले भारतको खुला बजार (आईआईएक्स) को डे अहेड मार्केटबाट विद्युत खरिद गर्ने प्रक्रिया सुरु गरेको हो ।
अहिले दैनिक करिव २२०० मेगावाट जडित क्षमता र पिक डिमाण्डमा मात्रै १६०० मेगावाट उत्पादन भइरहेको जनाएको छ । मंसिर २१ गते देखि भारतबाट विद्युत आयातको प्रक्रिया सुरु भईसकेको प्राधिकरणले जनाएको छ ।
बिहान करिब ३ बजे देखि ११ बजेसम्म विद्युत आयात गरेर माथिल्लो तामाकोसी तथा कालीगण्डकी ‘ए’ जलविद्युत आयोजनाको पानी सञ्चित गरिने गरेको बताइएको छ । प्राधिकरणका अनुसार मंसिरमा निर्यातको औसत दर करिब सात रुपैयाँ ७० पैसा छ भने खरिद दर भने औसत पाँच रुपियाँ १० पैसा छ । मंसिर २१ देखि २५ सम्म पाँच दिनमा प्राधिकरणले करिब ३८ लाख युनिट बिजुली खरिद गरेको छ । यद्यपि निर्यात पनि सँग सँगै भइरहेको प्राधिकरणले जानकारी दिएको छ । यसबीच ८५ हजार मेगावाट आवर बिजुली बिक्री गरिसकेको छ ।
हिउँदमा जलप्रवाह घटेर विद्युत उत्पादन कम हुने भएकाले निर्यात रोकिए पनि अर्को वर्षको जेठको अन्तिम साताबाट भने निर्यात पुनः सुरु हुने प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले चालू आर्थिक वर्षको पहिलो चार महिनामा करिब साढे सात अर्ब रुपैयाँको विद्युत निर्यात गरिसकेको छ ।
नेपाल विद्युत् प्राधिकरणको अनुसार चालू आर्थिक वर्षको असार सम्म प्रणालीमा ८११ मेगावाट विद्युत् थप हुँदैछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन