महोत्तरी, २८ मंसिर । दाइजोको निहुमा श्रीमतिलाइ प्रताडित गरी घर निकाला गर्ने श्रीमान घरबाट पक्राउ परेको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–५ स्थित डा.पंकज चौधरीलाई महोत्तरीे प्रहरीले पक्राउ गरेको हो । मंगलबार राती ११ बजे चौधरीलाइ घरबाट पक्राउ गरेको महोत्तरीका एसपी कृष्ण पंगेनीले जानकारी दिए ।
डा.चौधरी माथि उनको श्रीमती नेहा चौधरीले घरेलू हिंसा र दाइजोविरुद्धको मुद्दा गरेपछि जिल्ला अदालत महात्तरीले सोमबार घरेलु हिंसा मुद्दामा सुनवाइ गर्दै नेहालाई घर प्रवेश गर्न दिन आदेश दिएको थियो । नेहाले जिल्ला अदालतको आदेश सहित मंगलबार साँझ श्रीमानसँग बस्न उनको घर पुगेका थिइन् । तर डा.पंकज सहित उनको परिवारले नेहालाई घर प्रवेश गर्न नदिएपछि रातीनै पंकजलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याए । पंकज पक्राउ परेपछि उनको घरपरिवारका अन्य सदस्यहरु घरमा ताल्चा लगाएर फरार भएको छ । नेहाले श्रीमान सहित ६ जनामाथि मुद्दा दर्ता गराएकी थिइन् ।
नेहाले पनि श्रीमान् पंकज माथि पाँचवटा मुद्दा दिएकी छिन् । अंश मानाचामल, घरेलु हिंसा, जलसाजी, लिखित बदर र दाइजो सम्बन्धी कसुर मुद्दा पंकज माथि दिएको वकिल यादवले जानकारी दिइन् । दाइजो मुद्दामा ५१ लाख नगदसहित सरसमान र पाँचवर्ष कैद दाबी गरिएको छ । तर यी सबै मुद्दा दर्ता गराएपनि नेहा मिलापत्र गरी श्रीमान सँग बस्न तयार रहेको वकिल यादवको भनाइ छ । पंकज मिलापत्र गर्न सकारात्मक भए नेहाले सबै मुद्दा फिर्ता लिएर श्रीमानसँग बस्ने मनसायमा छिन् ।
उनले स्थानीय जनप्रतिनिधि सँग घर प्रवेश गराइदिन गुहार मागेका थिइन् । तर कसैले चासो नलिएपछि उनी त्यहाँबाट फर्केका थिइन ।
नौ महिना अघि औरही नगरपालिका–१ का नेहाको विवाह पंकजसँग भएको थियो । चिकित्सा पेशामा रहेका पंकज काठमाण्डौं ग्रान्डी र नर्भिक अस्पतालमा कार्यरत्त थिए । श्रीमती माथि हिंसा गरेको आरोपमा मुछिएपछि पंकजलाई जागिरबाट निकालिएको छ ।
नेहा र पंकजको घटनामा सात वटा मुद्दा दर्ता भएको छ । पाँचवटा मुद्दा नेहाले पंकजमाथि गरेका छिन् । भने दुई मुद्दा पंकजले नेहामाथि दिएका छन् ा पंकजले जिल्ला अदालत महोत्तरीमा सम्बन्ध विच्छेद र उच्च अदालत जनकपुरमा निषेधाज्ञा मुद्दा दिएका छन् । सम्बन्ध विच्छेद मुद्दामा सुनवाई सुरु भएको छैन् । निषेधाज्ञा मुद्दामा एक वटा पेशी चढेको छ । मंगलबार उक्त मुद्दामा पेशी राखिएको थियो । तर स्थगीत बेञ्चमा परेपछि सुनावाई हुन सकेन् । निषेधाज्ञा मुद्दाको अर्का पेशी पुस १९ गते तोकिएको नेहाको तर्फबाट निःशुल्क वकालत गरिरहेकी वकिल रिंकु कुमारी यादबले जानकारी दिइन ।
नेहाले पनि श्रीमान् पंकज माथि पाँचवटा मुद्दा दिएकी छिन् । अंश मानाचामल, घरेलु हिंसा, जलसाजी, लिखित बदर र दाइजो सम्बन्धी कसुर मुद्दा पंकज माथि दिएको वकिल यादवले जानकारी दिइन् । दाइजो मुद्दामा ५१ लाख नगदसहित सरसमान र पाँचवर्ष कैद दाबी गरिएको छ । तर यी सबै मुद्दा दर्ता गराएपनि नेहा मिलापत्र गरी श्रीमान सँग बस्न तयार रहेको वकिल यादवको भनाइ छ । पंकज मिलापत्र गर्न सकारात्मक भए नेहाले सबै मुद्दा फिर्ता लिएर श्रीमानसँग बस्ने मनसायमा छिन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन