काठमाडौं, २९ मंसिर । सशस्त्र प्रहरी बल नेपालले एकैपटक ८४८८ जवानको सरुवा गरेको छ ।
सरुवा गर्न केही समय अघि देशभरका जवानहरूलाई उनीहरूको प्राथमिकता अनुसार तीन वटा युनिटको नाम लेखाएर फारम भर्न लगाएका थिए । सोही अनुसार सम्भव भएका माग गरे वमोजिमको कार्यालय र सम्भव नभएका नजिकको अर्को युनिटमा सरुवा गरिएको सशस्त्र प्रहरी बल मुख्यालयका सहायक प्रवक्ता डिएसपी शैलन्द्र थापाले बताए ।
यसैगरी सीमावर्ती इलाकाको विभिन्न युनिटहरूमा लामो समय दरबन्दी भएका जवानहरूलाई सीमा इलाका बाहेक अन्यत्र सरुवा गरिएको छ । सरुवाको लागि मुख्यालय स्थित उजुरी तथा गुनासो सुनुवाइ शाखामा प्राप्त निवेदन तथा गुनासोलाई समेत उच्च प्राथमिकतामा राखिएको थियो ।
मुख्यालयले फारम भराएर जवानहरूको इच्छा अनुसारको कार्यालयमा सरुवा गरेको यो पहिलो पटक हो । यसबाट तल्लो दर्जाको कर्मचारीको मनोबल उच्च हुने र आगामी दिनमा सरुवा सम्बन्धी गुनासो कम हुँदै जाने विश्वास मुख्यालयको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन