काठमाडौं, १ पुस । काठमाडौं महानगरपालिकाले २८ औं दिवसको अवसरमा उत्कृष्ट ८ विद्यालय सहित शिक्षकलाई पुरस्कृत तथा सम्मान गरेका छन् ।
महानगर भित्रको ८ सामुदायिक विद्यालयलाई एक लाख सहित नगद पुरस्कार प्रदान गरिएको महानगर शिक्षा शाखा अधिकृत रामप्रसाद सुवेदीले जानकारी दिए ।
महानगरले सामुदायिक तर्फको एसईई नतिजाको आधारमा उत्कृष्ट श्रम राष्ट्रिय माध्यामिक विद्यालय कुमारीगाल, कक्षा १२ को नतिजाको आधारमा उत्कृष्ट ज्ञानोदय मावि बाफल, संस्थागत तर्फको एसईईको एलिक्सर एकेडेमी खरीबोट, कक्षा १२ को नतिजाको आधारमा सेन्ट जेभियर्स थापाथली लगायत ८ विद्यालयलाई उत्कृष्ट विद्यालयको रुपमा एक÷एक लाख नगद सहित राष्ट्रिय झन्डा पुरस्कृत गरिएको महानगरले जनाएको छ ।
प्राविधिक तर्फ उत्कृष्ट जीपीए ल्याएका विद्यालयहरुलाई पनि एक लाख नगदसहित पुरस्कृत गरिएको छ
।
महानगरको शिक्षा उन्नतीको लागि संस्थागत विद्यालयको पनि योगदान रहेकोले समान व्यवहार स्वरुप पुरस्कृत गरिएको अधिकृत सुवेदीले बताए । उनले भने ‘महानगरको शिक्षा उन्नतीको लागि संस्थागत विद्यालयले पनि उत्तिकै काम गरिरहेको छ अब हामी सँगसँगै छौं भन्ने सन्देश दिएको छ ।
हामीले उत्कृष्ट विद्यालय छनोट गर्ने मापदण्डमा एसईईको नतिजालाई पनि लिएको हुँदा आधारभूत विद्यालय नपरेको हो । यस्तै प्राविधिक विषयतर्फ उत्कृष्ट नतिजा ल्याएका विद्यालय, शैक्षिक प्रशासन र व्यवस्थापनमा उत्कृट विद्यालय, मावि तथा प्रावि तहका उत्कृष्ट शिक्षक, उत्कृष्ट हेडमास्टर, सीएलसी, बालक शिक्षाका सबै तहबाट छनोट गरेर पुरस्कृत गरेको सुवेदीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन