नयाँ दिल्ली । भारतको दुर्गम राज्य मेघालयको अति विकट स्थानमा पहिलो पटक चालकरहित हवाई उपकरण ड्रोनको मार्फत औषधी पुर्याएको जनाइएको छ ।
पूर्वोत्तर मेघालय राज्यको पश्चिम खासी हिल जिल्लाको सदरमुकामबाट २५ किलोमिटर टाढामा रहेको स्वास्थ्य केन्द्रमा पहिलो पटक चालकरहित हवाई उपकरण ड्रोनको माध्यमबाट औषधी पुर्याइएको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको हो ।
स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका दुर्गम क्षेत्रका जनताको सुविधाका लागि ड्रोनमार्फत् औषधि पुर्याइएको राज्यका मुख्यमन्त्री कोनराड के सङ्माले जनाएका छन् ।
राष्ट्रिय स्वास्थ्य नियोगको सहकार्यमा भारतीय कम्पनी टेकइगलले औषधि पुर्याउन ड्रोन उत्पादन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।
यसअघि दक्षिण भारतको तेलङ्गाना राज्यको विकरावाद जिल्लामा पनि ड्रोनमार्फत् १२ किलोग्राम औषधि एवम् खोप पुर्याइएको थियो । छोटो समयमा लामो दूरी तय गर्न सक्ने एवम् पहाडी इलाकामा पनि सजिलै उडान भर्न सक्ने भएकाले औषधि पुर्याउन ड्रोनको प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन