मधवनारायण नगरपालिकाको विवाद ? संस्थागत भ्रष्टाचारको रहस्योघाटन

415 Shares

रौतहट, ३ पुस । माधवनारायण नगरपालिकामा कर्मचारी कर्मचारी विचको मतभेदको कारण अहिले बदनामीको ठूलो रुप लिदै गएपछि अन्यहरुलाई चलखेलको मौका पाएको छ ।
नगरपालिकाको लेखापाल रामबलम यादवलाई विभिन्न कारणवस हटाउने प्रयासमा नगरप्रमुख बैजनाथ प्रसाद यादव रहेका थिए तर यसैविचमा एक अर्का माथि दोषारोपण गर्दै अघि बढिरहदा चर्को रुप लिदै गएपछि स्थानीय सरकारको कार्यालयमा विना इजाजत प्रहरीले आएर छापा मारेर केही कागजातहरु नियन्त्रणमा लिएर जान्छन् यी सबै आपसी वैमन्यस्ताकै कारण नै भएको बुझिएको हो ।
मेयर बैजनाथको अनुकुल लेखापाल रामबलम नहिडेपछि उनलाई हटाई अर्को लेखापाल ल्याउने तयारीमा थिए तर एकाएक इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी आएर विना इजाजत योजना फाँटमा छापा मारेर लेखा फाँटको केही फायलहरु लिएर गएपछि कर्मचारी कर्मचारी र मेयर विवादको कुरा बाहिर विस्फोट हुँदै आरोप प्रत्यारोपको कार्य सुरु भई विपक्षीहरुलाई खेल्ने मौका पाएको माधवनारायण कार्यालय श्रोतले बताएको छ ।
शुक्रवार विहान लेखापाल रामबलम यादवले इलाका प्रहरी कार्यालय गरुडामा लिखित उजुरी दिएरको आधारमा प्रहरीले सो कार्यालयमा छापा मारेर कागजातहरु नियन्त्रणमा लिई लाह छाप लगाएर सुरक्षित राखेको इप्रका गरुडाले जनाएको छ ।
यसैविचमा लेखापाल रामबलमले मेयर बैजनाथ माथि आर्थिक अनियमितता गरेको आरोप लगाएको छ, खाजा एवं खाना शिर्षकमा लाखौं रकम निकासा गराएको कागजातहरु सार्वजनीक गर्नुबाट विवाद अत्यन्तै चरमचुलीमा पुगेको छ ।
मेयरले गल्ति गर्यो ठिक तर त्यसको आडमा लेखापाल कम गल्ति गरेको छैनन् हिजो सम्म मोटरसाइकल चढ्ने अवस्था नरहेका व्यक्तिको अकुत सम्पत्ती कहाँबाट आयो, त्यत्रो जग्गा जमिन कहाँबाट जोड्यो, संजय जेनरल स्टोर्स गौर लगायतका विभिन्न पसलबाट माधवनारायणको नाममा कतिको समानहरु आएछ त्यसको कागजात कहाँ छ ? नगरपालिका श्रोतले बतायो । मेयरले केही भुक्तानी गर्न लगायो तर विगत ६ बर्ष देखि माधवनारायण नपामा लेखापालको रुपमा रहेका रामबलमले कम आर्थिक अनियमितता गरेको छैनन त्यसको पनि यथार्थ छानविन गर्नुपर्यो भने अहिले माग उठेको छ ।
मेयरको निटक मानिएका कृष्णनन्दन यादव र लेखापाल विचको लडाईको कारण अहिले माधवनारायण नगरपालिकामा भईरहेको संस्थागत भ्रष्टाचारको पोल खुल्दै आएका छन् । लेखापाल रामबलमले भुक्तानी गरिसकेका फायलहरुमा पछिबाट ब्याक मितिमा मेरो सहमती नरहेको लेखेको पाइएको छ ? भुक्तानी पनि गर्ने सहमती नरहेको भन्दै लेख्ने यो कस्तो चरित्र हो ? आर्थिक कारोबार गर्नेहरु सबै बुझिरहेको छ कि कति चोखो उनी छन् ।
नगरपालिकाको सम्पत्तीको व्यत्तिगत सम्पति ठानेर अकुत खर्च गरेर व्यय भार थुपार्ने जो कोही विरुद्ध आवश्यक अनुसन्धान गरेर कानुनी प्रक्रिया अघि बढाउनुपर्ने र दोषि ठहर भएका जनप्रतिनिधि होस वा कर्मचारी हो त्यसलाई कानुनी कटघेरामा ल्याई हिनामिना गरेको सम्पत्तीको असुल उपर गराई दण्डित गर्नुपर्ने जरुरी देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।