रौतहट, ३ पुस । प्राय ः स्थानीय तहमा मेयर र उपमेयर बीचको जुधाई भइरहेका नै हुन्छन् तर रौतहटको वृन्दावन नगरपालिकामा भएको विवादका बीच उपमेयरको अलोकतान्त्रिक कदलबाट सिंगा किसान प्रभावित बन्न पुगेका छन् ।
जनताबाट निर्वाचित भएर आएका मेयर उपमेयर सहितका पदाधिकारीहरु आफ्नो पदीय हैसियत अनुसारको अधिकार खोज्दा विवाद एवं रडाको प्रमुख कारण विकास बजेट नै रहेको देखिन्छ, त्यसमा उपमेयरको काम कत्तव्र्य भन्दा पनि बराबरीको हिस्सेदारी खोज्दा मेयरले बाइपास गरेर एकल ढंगबाट हिडेको कारण रौतहटको वृन्दावन नगरपालिकामा मेयर उपमेयर बीच विवाद चलिरहेका हुन् ।
गहँुको खेती गर्न वा अन्य हिउद वालीको लागि मुलुकभर रासायनिक मलको चरम हाहाकार भएको अवस्थामा वृन्दावन नगरपालिकाको उपमेयर संगीताकुमारी रामले कृषि सामग्री संस्थानलाई पत्र लेखेर नै किसानको नाममा आउने रासायनीक मलखाद्य नदिन पत्र पठाएकी छिन् ।
किसानले लेट भेराइटीको गहुँ खेतमा छरिरहेको तथा अर्लि भेराइटीको उम्रिसकेको गहुँमा सिंचाइ गरिरहेकाले रासायनिक मलखाद्यको अत्यन्त धेरै माग रहेको समयमा किसानलाई गहुँसँगै खेतमा छर्न डिएपि तथा सिँचाइसँगै युरिया मल पाउन छैन्न् । बजारमा डिएपि र युरिया दुवै किसिमका रासायनिक मलखाद्यको चरम अभाव उपन्न भएको अवस्थामा पत्र लेखेर नै विक्रि वितरण नगर्न भनिएपछि उपमेयर राम विरुद्ध स्थानीयहरु खनिएका छन् ।
रासायनिक मलको चरम अभाव भएको समयमा किसानहरुले भारतबाट आएको मल करिब दोब्बर मूल्यमा किन्न बाध्य छन् । सर्वसाधारण किसानले गहुँबालीमा मल हाल्न नपाइरहेको अवस्थामा आपसी विवादका कारण उपप्रमुख रामले रासायनिक मल रोक्का गरेपछि किसान झन् मर्कामा परेका छन् ।
वृन्दावन नगरपालिकामा नगर प्रमुख विनोद प्रसाद कुर्मी र उपप्रमुख रामबिच विवाद चलिरहेको छ । उपप्रमुखले आफूसित नगर कार्यपालिकाको बहुमत रहेको भन्दै नगरपालिकाको कुनै पनि कार्यक्रम संचालन हुन नदिने धम्की दिने गरेको नगरपालिका श्रोतबाट बुझिएका छन् ।
उपप्रमुख रामले भने प्रमुख कुर्मी र प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेलले उपप्रमुखलाई सबै काममा बाइपास गरी आफूखुसी काम गरिरहेको र नियमानुसार विकास निर्माणको काम गर्न भनेपछि आफूविरुद्ध खनिएको आरोप लगाउँदै आएकी छन् ।
मलखाद तथा कृषिसम्बन्धी समितिको संयोजकमा नगर उपप्रमुख रहने व्यवस्था भए पनि उपप्रमुखलाई जानकारी नै नगराई नगर प्रमुख कुर्मी, कार्यालय प्रमुख भुजेल र कृषि शाखा प्रमुख ओमप्रकाशले कृषि सम्बन्धी निर्णय गरेको थाहा पाएपछि आफूले जानकारी माग्दा पनि नदिएपछि चिठी लेख्न बाध्य भएको उपप्रमुख रामले बताइन ।
उपप्रमुख रामले साल्ड ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय गौरको नाममा पत्र लेखे पनि नगरपालिकाको दर्ता चलानी फाँटका कर्मचारीले चलानी रजिस्टर नै लुकाएको र पत्र दर्ता नै गराउन नसकेको बताएकी छन् ।
नेकपा एसबाट निर्वाचित भएका नगरप्रमुख कुर्मी र उपनगरप्रमुख राम विच आपस समझदारीको कमीको कारण वृन्दावन नगरपालिकाको जनताहरु मर्कामा पर्दै गएको छ । मेयर उपमेयर विचको विवाद मिलाउन अहिले सम्म नेकपा एसबाट कुनै पहल नभएको हँुदा दुबै जना एक अर्काको खेदो खन्नमा नै व्यस्त रहदा वृन्दावन नगरपालिकाको किसानहरु झन् मर्माहतमा पर्दै गएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन