242
Shares
चटगाउँ, ३ पुस । भारतले पहिलो टेस्टको पाँचौं दिन आइतबार बंगलादेशलाई १८८ रनले पराजित गरेको छ ।
भारतलाई जितका लागि आवश्यक चार विकेट अन्तिम दिनको पहिलो सत्रको सुरुमै प्राप्त भएको हो ।
पाँचौं दिन विकेट गुमाएर २ सय ७२ बाट अगाडि खेल्न सुरु गरेको बंगलादेश ३ सय २४ रन बनाएर अलआउट भयो । भारतको लागि अक्षर पटेलले चार तथा कुलदीप यादवले तीन विकेट लिन सफल भए ।
पहिलो टेस्टमा आठ विकेट लिएका कुलदीप यादब प्लेयर अफ द म्याच भए । यस जितसँग भारतले दुई टेस्टको सिरिजमा १–० ले अग्रता लिएको छ । अब दोस्रो तथा अन्तिम टेस्ट बिहीबार मिरपुरमा हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन