यितेन्द्र शर्मा
नेपालको राजनीतिक क्षितिजमा निकै कम समयमा बढी चर्चा र उपलब्धि हासिल गरेका नेताहरुको रुपमा नेपाली कांग्रेसका नेता गगन थापा र नव गठित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रबि लामिछानेलाई लिन सकिन्छ । निकै कम समयमा यति बढी लोकप्रियता र चुनावमा सफलता हासिल गर्नु सामान्य उपलब्धि होइन् । उपरोक्त दुवै नेता विश्वका महाशक्ति राष्ट्र अमेरिका र पश्चिमा समूहबाट परिचालित रहेको चर्चा राष्ट्रिय राजधानी काठमाडौं लगायत देशका विभिन्न ठाउँमा हुन थालेका छन् । यस चर्चालाई पुष्टि गर्ने खालका केही दृष्टान्तहरु पनि देखिएका छन् ।
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी अमेरिकाको पोल्सिभेनिया राज्यको सबैभन्दा ठुलो सहर फिलाडेल्फियाको स्वतन्त्रताको प्रतीक (लिबर्टी सिम्बल अफ फिलाडेल्फिया) सँग मिल्दोजुल्दो खालको छ । त्यस घण्टीमा त बाइबलका केही पंक्ति पनि लेखिएका छन् । नेपालमा हिन्दु मानसिकताका व्यक्तिले सहज रुपमा घण्टी चिन्हलाई स्वीकार गर्लान भनठानेर चलाखी गरिएको छ । रबि लामिछानेको लामो बसाई अमेरिका मै हुनु, अहिले पनि उनी अमेरिकी नागरिक रहेको समाचार सार्वजनिक हुनु र उनको नागरिकताका विषय सर्वोच्च अदालतमा पुग्नु अनेक आशंकालाई जन्म दिन्छ ।
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी अमेरिकाको पोल्सिभेनिया राज्यको सबैभन्दा ठुलो सहर फिलाडेल्फियाको स्वतन्त्रताको प्रतीक (लिबर्टी सिम्बल अफ फिलाडेल्फिया) सँग मिल्दोजुल्दो खालको छ । त्यस घण्टीमा त बाइबलका केही पंक्ति पनि लेखिएका छन् । नेपालमा हिन्दु मानसिकताका व्यक्तिले सहज रुपमा घण्टी चिन्हलाई स्वीकार गर्लान भनठानेर चलाखी गरिएको छ । रबि लामिछानेको लामो बसाई अमेरिका मै हुनु, अहिले पनि उनी अमेरिकी नागरिक रहेको समाचार सार्वजनिक हुनु र उनको नागरिकताका विषय सर्वोच्च अदालतमा पुग्नु अनेक आशंकालाई जन्म दिन्छ । उनीसित अमेरिकी पासपोर्ट हुनु र विगतमा नेपालको नागरिकता समेत उनले त्याग गरेका कारण नेपालप्रतिको उनको निष्ठा सन्देहरहित छैन ।
राष्ट्रिय राजधानी काठमाण्डौमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेन साह नगरप्रमुखको रुपमा निर्वाचित भएपछि त्यसको सिको गर्दै रबि लामिछानेले बडो चलाखीपूर्वक आफ्नो पार्टीको नाम नै स्वतन्त्र शब्दबाट राख्न पुगे । बहुदलिय दलिय व्यवस्थामा स्वतन्त्र अथवा निर्दलीयको कुनै अर्थ हुँदैन । तरपनि उनले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दै सोझा नेपाली जनताको भावनालाई आफ्नो पक्षमा पार्ने काम गरे । जो आफै भरसक नेपाली नागरिक छैनन उनैले आफुलाई ठुलो राष्ट्रवादी भन्ने दाबी गरेर चुनाव जितिहाले ।
राष्ट्रिय राजधानी काठमाण्डौमा स्वतन्त्र उम्मेदवारको रुपमा बालेन साह नगरप्रमुखको रुपमा निर्वाचित भएपछि त्यसको सिको गर्दै रबि लामिछानेले बडो चलाखीपूर्वक आफ्नो पार्टीको नाम नै स्वतन्त्र शब्दबाट राख्न पुगे । बहुदलिय दलिय व्यवस्थामा स्वतन्त्र अथवा निर्दलीयको कुनै अर्थ हुँदैन । तरपनि उनले आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राख्दै सोझा नेपाली जनताको भावनालाई आफ्नो पक्षमा पार्ने काम गरे । जो आफै भरसक नेपाली नागरिक छैनन उनैले आफुलाई ठुलो राष्ट्रवादी भन्ने दाबी गरेर चुनाव जितिहाले । गगन थापा र रबि लामिछानेको चुनावी प्रचारमा सामाजिक सञ्जालहरुमा पनि ओइरिएको जनसमर्थन एक किसिमले अमेरिकाद्वारा जारी मनोवैज्ञानिक युद्ध नै देखियो भन्दा अतिश्योक्ति नहोला । उपरोक्त दुई नेताको पक्षमा अष्टे«लिया, स्वीडेन र नर्वे लगायतका मुलुकहरु पनि आफ्नो भुमिका खेलेको विषय व्यापक चर्चामा छ । नर्वे र स्वीडेनका संस्थाहरु नेपालमा धर्म परिवर्तनको कार्यमा व्यापक सक्रिय रहेको देखियो ।
यस निर्वाचनमा नेपालका हिन्दुवादीहरुको पराजयलाई हिन्दुत्व विरासत माथिको ठुलो प्रहारको रुपमा लिनुपर्ने हुन्छ । ९० प्रतिशतभन्दा बढी हिन्दुहरु रहेको देशमा हिन्दु धर्म संस्कृति र यसका मान्यताका पक्षधरहरु चुनावमा पराजित हुनु चिन्ताको विषय हो । महेश बस्नेत जस्ता सनातन धर्म संस्कृतिका समर्थक नेताको पराजय अमेरिका लगायत पश्चिमेली शक्तिहरुकै योजनामा हुनु दुर्भाग्यपूर्ण हो ।
रबि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाण्डौ ४ मा गगन थापाको निर्वाचन क्षेत्रमा र विश्वप्रकाश शर्माले उम्मेदवारी दिएको क्षेत्र झापामा आफ्नो पार्टीको तर्फबाट उम्मेदवारी नदिनुले राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसका नेताद्वयको आन्तरिक मिलेमतोलाई कुनै न कुनै रुपमा प्रमाणित गरिरहेको छ । अवश्य नै यो कुनै षडयन्त्रको प्रभाव हो । यति मात्रै होइन गगन थापा र रबि लामिछानेको आन्तरिक मिलोमतोको प्रभावका कारण लुम्बिनी प्रदेशमा पनि नेपाली कांग्रेसका कतिपय आधिकारिक उम्मेदवारहरुले पराजय भोग्नु प¥यो । नेपाली कांग्रेसका उम्मेदवारहरु धेरै ठाउँमा पराजित भएपछि पार्टी सभापति शेरबहादुर देउवालाई संसदीय दलको नेता बन्नमा अप्ठ्यारो हुने अथवा नैतिकताको आधारमा राजीनामाको माग गरी तिनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने र स्वयम् प्रधानमन्त्री बन्ने गगन थापाको महत्वाकाँक्षा हुन सक्ने सम्भावनालाई खारेज गर्न सकिदैन ।
नेपाली कांग्रेसमा दर्जनौ अनुभवी, योग्य, परिपक्व, त्यागी र समर्पित नेताहरु छन् तर गगन थापाले आफुलाई प्रधानमन्त्रीको पदको लागि योग्य ठान्नु यथार्थमा अमेरिकी योजनाकै एउटा अंग हुन सक्दछ । गगन थापालाई प्रधानमन्त्री बनाई एमसीसी योजना लागु गर्न सजिलो हुनेछ । त्यसपछि नेपाललाई पनि आफ्नो अनुकुल सञ्चालन गर्न सकिन्छ भने निहित स्वार्थको पूर्तिका लागि नै अमेरिकाले यस चुनावमा आफ्ना पक्षधर नेपाली नेताहरुलाई चुनावमा बिजयी गराउन पैसाको खोलो बगाएको हुन सक्ने चर्चा पनि व्यापक छ । नेपालमा हिन्दु धर्मलाई कमजोर बनाई यहाँ पनि ईसाइ धर्मको प्रभाव बढाउने अमेरिकाको सुनियोजित योजनामा रबि लामिछाने लगायतका नेपाली राजनीतिज्ञहरुको प्रयोग भइरहेको सम्भावनालाई खारेज गर्न सकिदैन
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन