168
Shares
सर्लाही, ५ पुस । सर्लाहीको हरिपुर नगरपालिकाको जगतपुरमा मानसिक सन्तुलन ठीन नभएका व्यक्तिद्धारा आफनै घरमा आगो लगाउँदा करिव साढे १२ लाखको क्षति भएको छ ।
हरिपुर नगरपालिका वडा नम्वर २ सानो जगतपुरमा मानसिक सन्तुलन ठिक नभएका दिपक न्यौपानेले आफ्नै घरमा सोमवार राति आगो लगाउँदा इटा र काठले बनेको दुई तल्ले घर पूर्ण रुपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा १२ लाख ४७ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगोलाई स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा करिव दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन