182
Shares
सर्लाही, ५ पुस । चिसोमा कठ्याँग्रिएर सर्लाहीको हरिपुर नगरपालिकामा २ महादलित भनिने मुसहर समुदायको मृत्यु भएको छ ।
हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।
ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश माझीको गत २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकामा त्यहीँ चिसोले कठ्याङ्ग्रिएर ज्यान गएको थियो । मुसहर समुदायलाई प्रदेश स्तरिय जनता आवासबाट छानामा जस्ता भएका घर पाए तर राम्ररी ओछ्याउने र जिउ ढाक्ने अभावमा पसाल र गुद्रीको भरमा उनीहरुको ज्यान गएको स्थानीयले बताएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन