वासिंगटनं, ५ पुस । अमेरिकाका संसदको एक समितिले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चार वटा फौजदारी अभियोग लगाउन सिफारिस गरेको छ ।
दुई वर्षअघि देखी अमेरिकाको संसद क्यापिल हिलमा भएका हिंसाको विषयमा छानबिन गरेको समितिले देशद्रोहका निम्ति दुरुत्साहन गरेको, अमेरिकालाई घात गर्ने षड्यन्त्र गरेको, झुटो वक्तव्य बनाउने षडयन्त्र गरेको र औपचारिक प्रक्रियामा अवरोध पुर्याएको विषयमा फौजदारी अभियोग लगाउन सिफारिस गरेको हो ।
राष्ट्रपतिको निर्वाचनबाट ट्रम्प पराजित भएको र जो वाइडन निर्वाचित भएको औपचारिक घोषणाको विरोधमा सन् २०२१ को जनवरी ६ मा उनका समर्थकहरुको भिड संसद भवनभित्र प्रवेश गरी प्रदर्शन र तोडफोड गरेको थियो । सो घटनामा गोली लागेर एक जना महिलाको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारेमा छानबिन गर्ने क्रममा सात जनाको डेमोक्र्याटिक र दुई जना रिपब्लिकन सांसदले समिति गठन गरिएको थियो । ट्रम्पले विज्ञप्ति जारी गर्दै आफूले कुनै गल्ती नगरेको जिकीर गरेका छन् ।
अनुसन्धानमा आफूलाई आगामी राष्ट्रपति निर्वाचनमा भाग लिनबाट रोक्ने उद्देश्यबाट प्रेरित भएको आरोप उनले लगाएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन