नबलपरासी, ७ पुस । ठेकदारको सम्पर्कमा आएपछि बेलाटारी–कठहवाँ हुलाकी सडक बन्ने आशा हो ।
एक वर्ष देखि सम्पर्कविहीनमा रहेको ठेकदार अहिले सम्पर्कमा आएपछि उक्त हुलाकी सडक निर्माणको कार्य सुरु हुने आशा छ । २०७७ सालमा सुरु भएको सडक निर्माणको कार्य गर्दा गर्दै ठेकदार विभिन्न बहाना देखाउँदै सम्पर्कविहीनमा भएपछि निर्माण कार्य ठप्प बनेको थियो ।
सडक निर्माण कार्य ठप्प भएदेखि त्यहाँका स्थानीयहरुले घाममा धुलोको हैरानी र वार्षामा हिलोको परेशानी खेप्दै आएका छन् । सडकमा बनाइएको ढलमा स्लाप नराख्दा ढलमा बच्चाहरु खस्ने, सडको गिट्टी उछिट्टिएर लाग्ने, धुलोले दिउँसै बाटो अध्यारो बन्ने जस्ता समस्या रही आएको स्थानीय युवराज मौर्यले बताए ।
मुल हुलाकी सडकसँग जोडिएको उक्त सबै हुलाकी सडक बेलाटारीदेखि कठहवाँसम्म कुल ९ किलो मिटर दुरी रहेको छ । उक्त सडक निर्माणका लागि कन्टेक प्रालि ठेकदार कम्पनीले करिब २७ करोडमा ठेक्का लिएको छ ।
सडकमा नाला भएको ठाउँमा १२ मिटर र नभएको ठाउँमा ७.५ मिटर चौडा पिच हुने स्टिमेटमा छ । सडकमा कुल ८ वटा कल्भर्ट छन भने ३ किलोमिटर नाला बनाउनु पर्ने रहेको छ । नाला गाउँ वस्तीमा मात्र बनाउने छ । ठेक्का म्याद सकिन लाग्दा पनि जम्मा ५० प्रतिशत काम भएको ठेकदार पक्षको साइट इन्जिनियर कैलाश अधिकारीले जानाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन