160
Shares
धनुषा, ७ पुस । सबैला नगरपालिकामा विङ्गर र मोटरसाइकल एकआप्समा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
धनुषाको वीरेन्द्र बजारबाट सबैलातर्फ जाँदै गरेको ना ५ ज ८४४० नंको विङ्गर र ज ११ प ५४७३ नम्बको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार धनुषाको सहिदनगर नगरपालिका वडा नं. ५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीया ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा अरुणको र ज्ञानीको जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् । दुवै मृतकको शव परीक्षणका लागि जनकपुर स्थित प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन