रौतहट, ९ पुस । निर्वाचन सकेपछि रौतहटको दक्षिणी भेग भारतीय सीमा संग जोडिएका क्षेत्रहरुबाट अबैध रुपमा भन्सार छलीका तस्कारीको कार्यहरु मौलाउदै गएका छन् ।
दैनिक रुपमा लाखौं लाखका मालसामानहरु भारतबाट नेपाल र नेपालबाट मदिरा, चाइनिज सामान, विदेशी कष्मेटिकका सामानहरु सहित विभिन्न बहुमूल्य सामानहरु भारत तर्फ निर्यात हुने गरेको हुँदा सरकारी राजस्व प्रभावित भईरहेका हुन् ।
सीमा चुहावट सम्बन्धि कुरा यहाँका जिम्मेवार निकाय संग सोध्दा अबैध कारोवारहरु पूर्ण रुपमा नियन्त्रणमा छ तर व्यवहारमा धेरै फरक पाइएका छन् । दर्जनौ अबैध कारोवारीहरु लाखौं रुपैया महिनावारी रुपमा तिरेर कारोवारलाई संचालनमा जारी राखेको पाइएका छन् । महिनावारी रुपमा रकम नदिने कारोवारीको मालसामानहरु वेलाबखतमा समातिने गरेको सुचना संचारकर्मीको मेलमा सम्बद्ध निकायले पठाउने गरेको छ ।
यसैक्रममा दुई दिन अघि विहिवार चन्द्रपुर नगरपालिका वडा नम्वर ६, बजार स्थित भीत्रि सडक खण्डमा भारतबाट भन्सार छली नेपाल तर्फ भित्र्याई ल्याएको अन्दाजी मुल्य ९ लाख ९७ हजार ८५० बराबरको लेडिज उलन कुर्ता, जेन्स कुर्ता सुरुवाल र लहंगाहरु वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको सुचना पठाए ।
प्रहरीले सिमावर्ती क्षेत्र भन्दा ४२ किलोमिटर उत्तरमा भन्सार छलीको सामानहरु प्रहरीले नियन्त्रण लिनुबाट रौतहटको सीमाक्षेत्रबाट तस्करी ठूलो परिमाणमा भईरहेको प्रमाणित गरेका छन् ।
प्रहरीले सिमावर्ती क्षेत्र भन्दा ४२ किलोमिटर उत्तरमा भन्सार छलीको सामानहरु नियन्त्रण लिनुबाट रौतहटको सीमाक्षेत्रबाट तस्करी ठूलो परिमाणमा भईरहेको प्रमाणित गरेका छन् ।
पछिल्लो समय रौतहटको सिमाक्षेत्रमा साना पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार जारी छ । उक्त कार्यमा केन्द्र, प्रदेश, जिल्ला, सहित विभिन्न सुरक्षा युनिटका सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको श्रोतले दाबी गरे ।
पछिल्लो समय रौतहटको सिमाक्षेत्रमा साना पोके तस्कर देखि लिएर ठूला संगठित तस्करहरुको कारोबार जारी छ । उक्त कार्यमा केन्द्र, प्रदेश, जिल्ला, सहित विभिन्न सुरक्षा युनिटका सुरक्षाकर्मीहरुको मिलेमतोमै रौतहटका मुख्य नाकाहरुबाटै अवैध रुपमा समान ओसार पसार भइरहेको श्रोतले दाबी गरे ।
भारतीय सामान रौतहट छिर्ने मुख्य नाका सहित लक्ष्मीपुर बेलबिछवा, ब्रम्हपुरी र महादेवपट्टीमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका यूनिटहरुले तस्करहरुबाट मासिक रकम बुझ्दै निर्वाध रुपमा अवैध कारोबार संचालनमा सघाइरहेका छन । गौर भन्सारमा रहेका नेपाल प्रहरीका असइ सो क्षेत्रमा रकम संकलनको आतंक नै मचाउदा समेत जिल्ला प्रहरी कार्यालयले कुनै कारवाही गरेको छैन ।
मुख्य भन्सार नाका अगाडिको विद्युतिय पोलमा प्रशासन, भन्सार विभाग तथा गौर भन्सार कार्यालय समेतले निगरानीका लागी सिसिटिभी जडान गरेका छन । तर तस्करीका दृश्य र सुरक्षाकर्मीले खुलेआम भन्सारको ढाटमा रकम असुलेको दृश्य क्यामेराले कैद गर्दैन ।
गौर भन्सार नाका बाटै तस्करी भएर आएको सामान जिल्ला प्रहरी कार्यालयको बाटो हुदै गढवा रहेको बसपार्क सम्म पुग्ने गरेको छ । भन्सार देखि बसपार्क सम्म झण्डै आधा दर्जन प्रहरीका पिकेट पार गरेर जादाँ चेकजाँचमा खटेका प्रत्येक सुरक्षाकर्मीले रकम बुझ्ने गर्दछन । रकम लिएपछि तस्करी कार्य कसरी नियन्त्रण हुन सक्छ भने स्थानीय बासिन्दाहरु समेत आजिज भईसकेको श्रोतले बतायो ।
सशस्त्र प्रहरीको विओपी वेलविछवाका सप्रनी तथा उच्च अधिकारीको संरक्षणमा सदरमुकाम भन्दा पूर्वमा रहेको लक्ष्मीपुर बेलबिछवा र ब्रह्मपुरी बाट सबै भन्दा बढी मदिरा र खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ । बिहार सरकारले मदिरामा प्रतिबन्ध लगाए पछि तस्करहरुले यो नाका बाट प्रत्येक दिन सयौं कार्टुन मदिरा भारत पठाइरहेका छन । लक्ष्मीपुरमा रहेको सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको चौकीको मिलेमतोमा सो क्षेत्रमा ठूलो तस्करी भइरहेको छ ।
सदरमुकाम भन्दा पूर्व पट्टि रहेको बेलबिछवा र सो सँगैको ब्रह्मपुरीबाट भारतीय गाँउ आदमबान र मुसाचक सम्म तस्करहरुले मदिरा पु¥याउने गर्दछन । कुनै समय भारतीय कुखुराको चल्ला तस्करीको लागी बदनाम यो ठाँउमा अहिले मदिरा तस्करी निकै फस्टाएको छ ।
हालै विहारमा विषात्त मदिरा सेवनबाट ४० भन्दा बढि नागरिकको मृत्यु भएपछि विहार सरकार सीमा क्षेत्रमा कडाई गरेपनि वागमती नदीको बगर भएर मदिरा सहित विभिन्न सामानहरु भारत तर्फ निर्वाध तस्करी जारी रहेको पाइएका छन् तर ति कारोवारमा स्थानीय राजनीतिकर्मीहरुको समेत संरक्षण रहेका छन् ।
पश्चिमी नाकाहरुमा महादेवपटी, बन्जरहा, औरैया, लतमरी, मठिया, नरकटिया, जयनगर, बंकुल भएर अधिकाँश चोर नाकाहरुबाट अबैध कारोवार जारी रहदा दैनिक रुपमा लाखौं नेपाल सरकारको राजस्व घाटा भईरहेको श्रोतले बताए । त्यती मात्रै नभई सिमावती भारतीय बजार घोडासहनबाट झरोखर पोखरी हुदै नेपाली सिमामा रौतहट र बाराको सीमाना कचोर्वा प्रहरी चौकी भएर तस्करहरुले सामान भित्राउने गर्दछन । यसरी आएको सामान बंकुल बाट सोनरनिया, शितलपुर बैरगनिया हुदै कटहरीया बजार सम्म पुग्ने गर्दछ । कटहरीया आइपुगेको राजश्व छलेको सामानहरु देशको राजधानि काठमाण्डौं सम्म पुग्ने गर्दछ । प्रहरीको उच्च अधिकारीहरु समेतको मिलेमतोमा अवैध रुपमा भित्रिएको सामान बजार पुग्ने गर्दछ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही अपराध अनुसन्धानमा खटिने नै “लाईनर” रहेको खुलाशा
अपराध अनुसन्धानमा सक्रिय भुमिका निर्वाह गर्ने केही उच्च प्रहरी अधिकारीका विश्वासपात्र, प्रहरी प्रहरी प्रमुखका विश्वास पात्र र जिल्लाका विश्वास पात्रहरु नै तस्करीको कारोवार मिलाउने र रकम पुर्याउने गरेको पूर्व तस्करले आफनो नाम नछाप्ने शर्तमा बताए ।
पछिल्लो समय सशस्त्र प्रहरी बलले तिन जिल्लाका उपरिक्षकलाई बाहिनीमा तानेर छानबिन प्रक्रिया अगाडी बढाए पनि रौतहटमा त्यसको असर परेको छ्रैन । श्रोतका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले यस्ता अबैध कारोवारको लागि सेटिंग मिलाएर संगठित रुपमा तस्करी कार्यलाई संरक्षण दिएका छन ।
यस्ता लाइनरहरु जुन अदृष्य हुन्छन तर तिनीहरुको वास्तविक्ताको छानविन गरिदैनन् । किन भने दुहिने गाईलाई सबैले माया गर्दछन् । लाइनरहरुको रहन सहन एवं उसको भौतिक पूर्वाधारको अवस्था हेर्दा निकै चकित हुने अवस्था सृजना हुन्छन । अबैध रुपमा संकलन गरिएका रकमबाट जोडिएका सम्पत्तीको ति दुई निकायबाट किन छानविन नगरिएका कारण तिनीहरुको मनोबल बढ्दै गएको ति श्रोतको दाबी गरेको छ ।
आउदो अंकमा लाइनरको नाम र सेटिंगमा संचालन हुँदै आएका कारोवारीका नाम प्रकाशित गरिने छु ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन