मधेश प्रदेशमा अपराध बढ्दै

137 Shares

रौतहट, १० पुस । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् ।
शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या गरिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको थियो ।
गोली प्रहारबाट भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो ।
कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

२५ डिसेम्बरका क्रिसमस डेको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको
काठमाडौं, १० पुस । हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार नेपालसहित संसारभरका क्रिश्चियन धर्मालम्बीले क्रिसमस डे मनाउदै छन् ।
२००० वर्ष अगाडी देखी जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म दिन मनाउने गरिएका हुन् । येशुलाई जिसस क्राइस्ट पनि मानिन्छ । उनले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमस डेको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।
ख्रिष्टमस भनिने यस अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरेको छ । क्रिसमस डेमो शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ ।

२ सय सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर
काठमाडौं, १० पुस । सुनको मूल्य बढेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपालमा सुन र चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको हो ।
छापावाल सुनको तोलामा मूल्य १ लाख ५ सय र तेजावी सुनको तोलामा मूल्य १ लाख रुपैयाँ कायम भएको छ । शुक्रबारको छापावाल सुनको तोलामा मूल्य १ लाख ३ र तेजावी सुनको तोलामा मूल्य ९९ हजार ८ सय रुपैयाँ तोकिएको थियो ।

काठमाडौं उपत्यकामा यो वर्षको सबैभन्दा चिसो
काठमाडौं, १० पुस । काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा रहेको छ । तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।
जल तथा मौसम विज्ञान विभागको मौसममा पूर्वानुमान महाशाखाका मौसम विद हिरा भट्टराईले आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको बताए ।
उनका अनुसार शनिबार भने न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन भएको थियो । काठमाडौं उपत्यकामा आज बिहान देखी अन्य दिन भन्दा आज बढी चिसो महुसस भएको छ । मौसम विदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढने क्रममा छ ।

नयाँ सरकार गठनको लागि सहमति गरिन राष्ट्रपति कार्यालयले दिएको समय आज सकन लागे

काठमाडौं, १० पुस । नयाँ सरकार गठनको लागि सहमति गरिने दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज सकन लागेको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणाम सहित प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनको लागि पुस ३ गते आह्वान गरेकी छिन् ।
नयाँ सरकार गठनको लागि नेपालको संविधानको धारा ७६ को उपधारा १ बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ ।
व्यवस्था अनुसार राष्ट्रपतिले पुस १० गते बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् । यता सत्ता गठबन्धनमा अझै सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटेको छैन । प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल दुबैले दाबी गरिरहेको छ ।
आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयमा सहमति जुटे पनि पहिलो कार्यकाल कसले चलाउने भन्ने विषयमा विवाद भएको छ ।
गठबन्धनको बैठक आज बिहान बसेको थियो तर सहमती नहुदा प्रचण्ड बालुवाटार छाडी बालकोट ओली निवास पुगेका छन् ।

सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा नयाँ स्टिल उद्योग थपिए
विराटनगर, १० पुस । सुनसरी–मोरङ औद्योगिकले करोडमा नयाँ स्टिल उद्योग थपिएको छ । ५ जना व्यावसायीले २ अर्ब ५० करोड लगानीमा नयाँ स्टिल उद्योग स्थापना गरेको हो ।

सुनसरीको दुहबी नगरपालिका वडा नं.१ का परास्टोकीमा स्थापित उद्योगले बजरंग ब्रान्डको टीएमटी उत्पादन गर्नेछ । नयाँ स्थापित उद्योगले व्यावसायिक कारोबार सुरु गरिसकेको सञ्चालकले बताएका छन् ।

उद्योगले स्टिल बिलेटको व्यावसायिक कारोबार सँग छड, च्यानल र आइबिमको उत्पादन गर्ने उद्योगको निर्देशक रमेश राठीले बताएको छ । भट्टी राखेर आफैं बिलेट उत्पादन गर्ने उनले भने । उद्योग भारतको टाटा स्टिल्सबाट कच्चापदार्थ ल्याउने जनाएको छ । युरोपियन टेक्नोलोजीको प्रयोग गरेर उत्पादन सुरु गरेको उनले बताए ।
देश निर्माणको ठूला परियोजना सञ्चालनमा रहेकाले गुणस्तरीय टीएमटी छडको मागलाई धान्न उद्योग स्थापना गरिएको निर्देशक राजकुमार गोल्छाले बताए ।

टीकापुरमा जनावरको डरले आलुखेती गरिएको
कैलाली, १० पुस । टीकापुर वडा नं. ८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ ।
श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीको लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज भएकाले आलुखेती रोजेको बताएको हो ।
किसानले आलुखेतीको लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । व्यक्तिगतरूपमा खेती गर्नको लागि समेत सहयोग गरेको छ ।
मधेश प्रदेशमा अपराध बढ्दै
रौतहट, १० पुस । मधेश प्रदेशमा अपराध बढ्दै गएको छ । दुईदिनमा अज्ञात व्यक्तिले गोली प्रहार गरी धनुषा र बारामा दुईजनाको हत्या गरेका छन् ।
शनिबार साँझ धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–३ का ४० वर्षीय धनुक दासको गोली प्रहार गरी हत्या गरिएको हो ।
प्रत्यक्षदर्शीका अनुसार घरमै बसेको बेला अज्ञात व्यक्ति पसेर उनीमाथि गोली प्रहार गरी फरार भएका छन् । बाँया कोखमा गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
मृतक पानी सिंचाई गर्ने दमकल मोटरको मिस्त्री थिए । काम सकेर घरमा आएर परिवारसंग बसेर कुरा गर्दै गर्दा अज्ञात व्यक्ति घरभित्रै पसेर गोली प्रहार गरेर भागेको परिवारजनलाई उद्धृत गर्दै डिएसपी क्षेत्रीले बताए ।
उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले जानकारी दिए ।
यसअघि शुक्रबार साँझ साढे ५ बजे बाराको गाढीमाई नगरपालिकामा गोली प्रहार गरी एक व्यक्तिको हत्या गरेको थियो ।
गोली प्रहारबाट भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ निवासी ४५ वर्षीय शिवपुजन प्रसाद यादवको मृत्यु भएको थियो ।
कलैया बारियारपुर सडकखण्ड अन्तर्गत बाराको महागढीमाई नगरपालिका–२ स्थित भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेका थिए ।
गोली प्रहारबाट गम्भीर घाइते भएका व्यवसायी यादवको उपचारको क्रममा स्थानीय एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।