293
Shares
रौतहट, १० पुस । नेपालको ४४ औं प्रधानमन्त्रीमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) नियुक्त भएको खवर पाउन साथ दुर्गा भगवती गाउँपालिका सहित रौतहट जिल्ला भरीका माओवादी कार्यकर्ताहरुले आतिशवाजी सुरु गरेका छन् ।
रौतहटको स्थानीय तह मध्ये दुर्गा भगवतीमा मात्रै माओवादी केन्द्रका उम्मेदवार जितेका पालिकाको मत्सरी र पिपरामा माओवादीका समर्थनमा पाटाका पड्काउदै आतिशवाजी गरिरहेका हुन् । गाउँपालिका अध्यक्ष शम्भु सिह, वडाध्यक्ष एवं युवा नेता धर्मेन्द्रकुमार झा (डिके झा), वडाध्यक्ष रामानन्द यादव सहित जिल्लाको विभिन्न स्थानहरुमा प्रचण्ड प्रधानमन्त्री भएको खुशियालीमा आतिशवाजी गर्दैछन् । गौर, चन्द्रपुर, शिवनगर, गरुडा, मौलापुर, कटहरिया लगायतका स्थानहरुको बासिन्दाहरु उत्साहित भई आतिशबाजीमा उत्रिएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन