रौतहट, ११ पुस । रौतहटको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा तस्करी भईरहेको समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरी एक्सनमा आएर ठूलो परिमाणमा अबैध मदिरा र घियू बरामद गरेका छन् ।
तराई टप अनलाईनमा भारतको सीमा संग जोडिएका सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा तस्करी भईरहेको समाचार शनिवार र आईतवार प्रकाशित भएपछि सशस्त्र प्रहरीको नाम मुछिएपछि उच्च पदस्थ सशस्त्र प्रहरीका अधिकारीहरु एक्सनमा आएपछि आईतवार साँझ ठूलो परिणाममा मदिरा र घियु बरामद गर्न सफल भएका हुन् ।
तराई टप अनलाईनमा भारतको सीमा संग जोडिएका सीमावर्ती क्षेत्रबाट ठूलो परिणाममा तस्करी भईरहेको समाचार शनिवार र आईतवार प्रकाशित भएपछि सशस्त्र प्रहरीको नाम मुछिएपछि उच्च पदस्थ सशस्त्र प्रहरीका अधिकारीहरु एक्सनमा आएपछि आईतवार साँझ ठूलो परिणाममा मदिरा र घियु बरामद गर्न सफल भएका हुन् ।
सशस्त्र प्रहरीले आईतवार राति साढे ९ बजेको समयमा राजदेवी नगरपालिकाको ब्रम्हपुरीबाट सीमापारी भारत तर्फ जाने आवस्थामा रहेका विआर २९ एस ९४०४ नम्बरको बोलेरोलाई नियन्त्रणमा लिदा त्यसमा ११८ कार्टुन सौफी मदिरा बरामद गरिएको सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालय छिन्नमस्ता बाहिनीले जनाएको छ ।
भारत तर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको बोलेरो जिपलाई माथिल्लो निकायको निर्देशनमा नियन्त्रणमा लिदा ११२००० को मदिरा र बोलेरो जिपको ५ लाख गरी ६ लाख २० हजार मूल्य बराबरको मदिरा सहितको जिपलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको बाहिनीपति एवं डिआइजी गणेशबहादुर ठाडा मगरले जानकारी दिए ।
यस्तै इशनाथ नगरपालिकाको वडा नम्वर ४ स्थित चमरटोली स्थित शिवमंगल चमारको घरमा राखिएको साढे आठ लाख मूल्य बराबरको घियु सशस्त्र प्रहरीले बरामद गरेको जनाइएको छ ।
चमारको घरमा राखिएको २९ ड्राम कच्च घियु (नैनी) विशेष सुराकीको आधारमा नियन्त्रणमा लिन सफल भएको जानकारी दिदै सशस्त्र प्रहरीका डिआइजी मगरले बरामद गरिएको घियुको मल्य करिव साढे ८ लाख रहेको हुँदा आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयलाई जिम्मा लगाइएको बताए ।


सीमा क्षेत्रबाट पछिल्ला दिनहरुमा तस्करीको कार्यमा वृद्धि हुँदै गएको तथा उक्त कार्यमा सुरक्षाकर्मीकै मिलोमतो भईरहेको समाचार तराई टप लगायत विभिन्न अनलाइन संस्करणहरुमा प्रकाशित भएपछि सशस्त्र प्रहरीको निन्द्रा खुलेको पछि एकैदिनमा करिव १५ लाख मूल्यबराबरको मदिरा र घियु बरामद गरिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन