काठमाडौं, ११ पुस । कतारमा भएको फिफा विश्वकप २०२२ का कारण बीचमै रोकिएको प्रिमियर लिग फुटबल सोमवार फेरि सुरु भएको छ ।
नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा विश्वकप हुँदा लिगमा मिड सिजन ब्रेक भएका थिए । पहिलो पटक जाडो मौसममा विश्वकप फुटबल हुँदा लिगका खेलहरु रोकिएको थियो ।
६ सातापछि विश्वकै चर्चित प्रिमियर लिगका खेलहरु आज देखि फेरि हुन लागेका हुन् ।
सोमबार आज इंग्लिस प्रिमियर लिगमा ७ ओटा खेलहरु हुनेछन् ।
आजको पहिलो खेलमा ब्रेन्टफर्ड र टोटेनहमबीच साँझ सवा ६ बजे सुरु हुनेछ । यो खेल ब्रेन्डफोर्डको मैदानमा हुन्छ ।
क्रिस्टल प्यालेस र फुलहम, एभर्टन र वल्भ्स, लेस्टर सिटी र न्यूक्यासल तथा साउथह्याम्टन र ब्राइटनबीचको खेल राति पौने ९ बजे सुरु हुन्छ ।
एस्टन भिल्ला र लिभरपुलबीचको खेल राती सवा ११ बजे भिल्लाको मैदानमा हुनेछ । त्यसपछि मध्यराती पौने २ बजे शीर्ष स्थानको आर्सनलले वेष्टहमसँग प्रतिस्पर्धा हुन्छ ।
विश्वकप पछि इंग्लिस लिग कपका खेलहरु भने यसअघि नै सुरु भइसकेको छ । प्रिमियर लिगसहित फ्रेन्च लिग र स्पानिस ला लिगा यही डिसेम्बरमै सुरु हुनेछ बाँकी लिग नयाँ वर्ष लागेपछि सुरु हुनेछ ।
फ्रेन्च लिग १ डिसेम्बर २८ तथा ला लिगा डिसेम्बर २९ देखि शुरु हुनेछ । इटालियन सिरी ए जनवरी ४ मा र जर्मन बुन्डेसलिगा जनवरी २० देखि सुरु हुनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन