काठमाडौं, १२ पुस । मिडसिजन ब्रेकपछि फेरी सुरु भएको प्रिमियर लिगमा आर्सनलले वेष्टहममाथि पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा अग्रता बनाएको छ ।
सोमबार राति भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै वेष्टहमलाई ३–१ ले पराजित गरेको हो ।
साइद बेनराहमाले २७ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्यो । ५३ औं मिनेटमा बुकायो साकाले आर्सनललाका लागि बराबरी गोल फर्काए ।
त्यसको पाँच मिनेटपछि नै गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । आर्सनलका लागि एडवार्ड एनकेतिहले ६९औं मिनेटमा तेस्रो गोल गरे ।
जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानको न्युकासल युनाइटेडमाथि ७ अंकको अग्रता बनाएको छ ।
सोमबारै भएको खेलमा लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युकासल दोस्रो स्थानमा उक्लेको हो । न्युकासलको १६ खेलबाट ३३ अंक छ । न्युकासलका लागि क्रिस उड, मिगुएल अल्मिरोन र जोएलिन्टोनले गोल गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन