काठमाडौं, १२ पुस । मिरमिरे लघुवित्त वित्तीय संस्था र नेरुडे लघुवित्त वित्तीय संस्था बीच एक आपसमा गाभने र गाभिने मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ ।
दुई संस्थाबीच १.१ को सेयर आदानप्रदान अनुपात स्वाप रेसियो मा मर्जरमा जाने सहमति भएको स्रोतले जनाएको हो । मर्जरपछि भन्ने लघुवित्तको नाम मेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था रहेको सहमति भएको छ ।
उक्त सम्झौतामा मिरमिरे लघुवित्तको तर्फबाट अध्यक्ष टेक बहादुर बोहोरा र नेरुडे लघुवित्तका तर्फबाट अध्यक्ष डा. भेषप्रसाद धमलाले हस्ताक्षर गरे । त्यस्तै सञ्चालक समिति अध्यक्षमा हालको मिरमिरे लघुवित्तका अध्यक्ष बोहोरा र प्रमुख कार्यकारी अधिकृतमा नेरुडेका भोजराज बस्याल रहने सहमति भएको छ ।
मोरङको विराटनगरमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको नेरुडे लघुवित्तको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । त्यस्तै काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरकै मिरमिरे लघुवित्तको चुक्ता पुँजी ५२ करोड २१ लाख रुपैयाँ रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन