सर्लाही, १२ पुस । हुलाकी सडकको विभिन्न स्थानमा आन्दोलन र दबाबपछि स्थानीय प्रशासनको पहलमा निर्माण कार्य सुचारु भएको छ ।
साइट क्लियर गराउन प्रहरी परिचालन तथा ठेकेदारलाई समेत दबाब बढाएपछि काम सुचारु भएको हो । समयमा हुलाकी सडकको काम सम्पन्न हुन नसकेपछि स्थानीयहरु पटक पटक आन्दोलनको माध्यमबाट स्थानिय प्रशासनमाथि दबाव बनाएको थियो ।
प्रशासनले सर्वपक्षीय बैठक डाकेर अतिक्रमण खाली गराउने तथा ठेकेदारलाई समयमै काम गर्न लगाउने निर्णय गराए । हुलाकी सडक बनाउन कसैले बाधा अवरोध गर्न नपाउने भनेर निर्णयमा गरेको छ । बाधा उत्पन्न गरेमा कारवाहि हुने समेत जनाइएको छ ।
हुलाकी सडकको मापदण्डभित्र पर्ने घर तथा अन्य संरचना भत्काउन स्थानीयलाई पटक–पटक सूचना प्रकाशन गर्दा पनि बेवास्ता भएपछि बल प्रयोग गरेर खाली गराउन थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हुलाकी सडकमा अतिक्रमण खाली गर्ने जिम्मा पालिकालाई दिइएको थियो । तर पालिकाले नसकेको स्थानमा प्रहरी लगाएर भए पनि साइट क्लियरको काम भइरहेको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले बताए ।
हुलाकी सडकअन्तर्गत पर्सा गाउँपालिकामा सर्वाधिक विवाद रहेको थियो । पालिका तथा वडाले सडक खाली गर्नका लागि पटक–पटक सूचना निकाले पनि स्थानीयले अटेरी गरेर बसेको बेलामा प्रहरी लगाएर खाली गराउनुपरेको गाउँपालिकाले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन