“सहारा दिएर राखिएको व्यक्ति माथि विश्वास गर्दा बंशीराम अनाथालयको अस्तित्व संकटमा”

359 Shares

रौतहट, १३ पुस । जसले सहारा दियो, त्यसैलाई नै विस्थापित बनाउन खोज्दा रौतहटको एक अनाथालयको अस्तित्व संकमा परेका छन् ।
अनाथ बालकलाई सहारा दिएर अनाथालयलाई नै परिवार सम्झी बस्दै आएका एक टुहुरा युवाका कारण अहिले अनाथालयको अस्तित्व नै संकटमा परेका हुन् ।
टुहुरा बालबालिकालाई सहारा दिने उदेश्यले रौतहटको मध्यवर्ती क्षेत्र गरुडामा अवस्थित बंशीराम अनाथालयमा एक युवकले संचालकको हृदय जितेर जग्गा आफ्नो नाममा पास गराएपछि अनाथालयको अस्तित्व संकटमा परेको बताइएको छ ।
सडकमा रहेका बालबालिकाहरुको पीडा सहन नसकेर श्रमिती सहित परिवारबाट अंश लिएर ३० वर्ष अघि अनाथालय सञ्चालन गरेका वंशीराम जयसवाललाई सोही अनाथालयमा रहेका एक व्यक्तिले धोखा दिएर जग्गा आफ्नो नाममा पास गराएपछि उनलाई अहिले निल्नु न ओक्लनु भएको छ ।
रौतहटको गरुडा नगरपालिका ४ स्थित वि.स. २०५१ सालमा स्थापना भएको उक्त अनाथालयमा सलार्हीको बरहथवाका ११ वर्षको उमेरमै आमाबुआ गुमाएर टुहुरा भएका ह्ृदयलाल कुशवाहालाई गाउँकै शिक्षकहरुले रौतहटको गरुडामा रहेको वंशीराम अनाथालयमा पुरयाएका थिए । अनाथालयबाटै पढे लेखेर उनी इन्जिीनयर समेत बने ।
विभिन्न दात्री संघसंस्था एवं परोपकार व्यक्तिहरुको आर्थिक सहयोगमा सञ्चालनमा रहेको उक्त अनाथालयका सञ्चालक वंशीराम अस्वथ्य हुँदा पछि रेखदेख गर्ने व्यक्ति चाहिने भएकोले ह्ृदयलालको नाममा करोडौको जग्गा पास गरिदिए । उनले टुहुरा बालबालिकाको साहारा टुहारा नै देखेपछि उनको नाममा जग्गा पास गर्ने बित्तिकै फरार भएर अहिले बेचबिखनमा लागेको आरोप वंशीरामले दुखेसो पोखे ।
त्यती मात्रै नभई रौतहट निर्वाचन क्षेत्र नम्वर ४ का साँसद देवप्रसाद तिमलसिनाले टुहुरा बालबालिकाहरुलाई राम्ररी बस्नका लागि लाखौंको लागतमा ६ कोठे पक्की भवनको समते निर्माण गरिदिएका थिए ।
टुहुरा बालबालिको समस्या एक टुहुरा व्यक्तिले नै बुझ्न सक्छ भनेर उनलाई अगामी दिनका लागि अनाथालय सञ्चालन गर्ने उदेश्यले मेरो नाममा रहेको करिब सवा तीन कट्ठा जग्गा ह्ृदयलालको नाममा पास गरिदिए अनाथालयका सञ्चलक वंशीरामले भने जग्गा रजिष्ट्रेसन गराएको एक साता नबित्दै उनी फरार भए । जग्गा बेच्न ग्राहकको खोजी गर्दे आएका ह्ृदयलाल अहिले अनाथालयको सम्पर्क विहिन बनेका छन् । चार महिना अघि मात्र चार करोड मुल्य बराबरको दुई कित्ता जग्गा उसको नाममा पास गरिएको थियो ।
३२ जना बालबालिका आश्रित रहेको उक्त अनाथालयलाई विभिन्न नगरपालिकालहरुले आर्थिक सहयोग गर्दे आएपनि त्यो अपुग हुने गरेको वंशीराम बताउँछन् । आर्थिक भार थेग्न अनाथालयले सञ्चालन गरेको तेल टयाँङ्कर अहिले प्रयोग विहिन बनेपछि बिक्री वितरणका लागि ग्राहक खोज्दै आएको छ । विगतमा तेल टयाँङ्कर भाडाबाट राम्रो आम्दानी हुँदै आएपनि अहिले प्राय सबैजसोले आ आफ्नो टयाँङ्कर राखेको काराण भाडा नआउँदा बिक्री गर्न लागेको अनाथालयले जनाएको छ ।
बेला बेलामा अस्वस्थ रहदै आएका ८३ वर्षिय वंशीरामलाई अझै अनाथालयमा बसोबास गर्दे आएका ट्ुहुरा बालबालिकाको चिन्ताले सताएको छ । अनाथालयमा लामो समय देखि बस्दै आएका २७ वर्षिय ह्ृदयलालले राम्रो गर्छ भन्ने सोचका साथ ५ वर्ष अघि अनाथालयमै रहकी २४ वर्षिय गायत्री सँग विवाह समेत गराएका थिए । गायत्री पनि टुहुरा थिइन ।
टुहुराले नै टुहुराको समस्या बुझने सोचका साथ वंशीरामले ह्ृदयलाल दम्पतीलाई अनाथालयमा बसोबास गर्ने बालबालिकाहरुको साझा अभिभावकको समेत जिम्मेवारी दिएका थिए । ह्ृदयलालले भारतको देहरादुनको देवसंस्कृत विश्वविद्यालयबाट पोली इन्जिनियरिङ्खको पढाई सकेर अनाथालय फर्किएका थिए ।
यसैविच बंसिराम आनाथालय व्यवस्थापन समितिको बैठकबाट हृदयलाल कुशवाहाको नाममा साविक गरुडा वैरिया वडा नम्वर ६ को किता नम्वर २५२४ को १ कत्ठा ५ धुर, किता नम्वर २७५० को ५ धुर र निजको श्रीमती गायत्री कुमारीको नाममा गरुडा नपा ६ किता नम्बर २३२७ ११ धुर १४ कनवा, २३२४ को साढे ३ धुर, २७५१ को १ कत्ठा गरी ३ कत्ठा ५ धुर अनाथालयको जग्गा दुबै जनाकोे नाममा राजिनामा पास गरिएको हुँदा उक्त किता नम्वरको जग्गा रोक्का राखिदिन भनेर बंशीराम आनाथालय व्यवस्थापन समितिको बैठकबाट पत्राचार गरिएको व्यवस्थापन समितिभएका अध्यक्ष भुवनेश्वर राय जयसवालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।