काठमाडौं, १३ पुस । राष्ट्रिय टोलीका फरवार्ड अञ्जन विष्ट मनाङ मर्सयाङदी क्लब छाडेर चर्च ब्वाइजमा आवद्ध भएका छन् ।
बुधबार बिहान चर्च ब्वाइजले अञ्जनलाई क्लबमा आवद्ध गरेको घोषणा गरेको हो । चर्च ब्वाइजले अञ्जन सँग एक वर्षको सम्झौता गरेको पनि जनाएको छ । ६६ सालमा स्थापना भएको चर्च ब्वाइजले पहिलो पटक ए डिभिजन लिगमा बढुवा भएको छ ।
अञ्जनले मंगलबार राति भावुक स्टयाटस लेख्दै मनाङ मर्सयाङदी क्लब छाडेको जानकारी दिए ।
यसअघि अन्य क्लबाट निकै राम्रो प्रस्तावहरू आए पनि मनाङलाई मनै देखि माया गर्ने समर्थकको मायाले गर्दा अन्त जाने सोच नआए पनि अहिले बाध्य भएर क्लब छाडेको उनले बताएको छ ।
सानैदेखि मनाङबाट खेल्ने आफ्नो सपना रहेको र मनाङको जर्सी लगाएर खेल्दा आफूले भाग्यमानी ठानेको पछिल्लो समय मनाङलाई केही व्यक्तिहरुको स्वार्थ अनुसार चलाउन खोजेपछि सम्बन्ध टुङ्गाएको बताए ।
व्यक्तिगत स्वार्थ अनुसार क्लबको हित भन्दा आफू अनुसार क्लबलाई चलाउन खोजेपछि, खेलाडीको मनोबल गिराउने कार्य हुन थालेपछि बाध्य भएर दुःखी मनका साथ यस क्लब सँगको सहकार्य टुंग्याउने निधो गरेको छ मनाङ छाडेको घोषणा गर्दै उनले लेखेका थिए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन