141
Shares
काठमाडौ, १३ । काठमाडौंको प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको दुई समूहबीच बुधबार बिहान झडप भएको हो । खुकुरी प्रहारबाट ३ जना घाइते भएका छन् ।
क्याम्पस इकाईका अध्यक्ष लोकेश खडका र अनेरास्ववियु नेता समिप बडाल पक्षधर बीचमा झडप भएको क्याम्पस ईकाइमा आबद्ध विद्यार्थीहरूले बताए ।
खुकुरी प्रहार गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कृष्ण गिरी, झलक तामाङ, द्रुतराज लामा र सविन निरौला छन् । प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन