112
Shares
धनगढी, १३ पुस । कैलालीमा ९ किलो ३४० किलोग्राम लागुऔषध चरेससहित एक युवक पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका वडा नं. २ का बसपार्कस्थित नवीन होटलबाट बझाङको दुर्गाथली गाउँपालिका वडा नं. ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्राम सहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।
विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन