रौतहट, १४ पुस । रौतहट निर्वाचन क्षेत्र नम्वर ३ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका एवं युवा नेता प्रभु साहले आम जनता पार्टी स्थापना गरेका छन् ।
आम जनताहरुको चाहना अनुरुप विहिवार संघिय राजधानी काठमाडौंमा प्रभु साहको अध्यक्षतामा स्थापना भएका आम जनता पार्टीका १५१ जना केन्द्रीय कमिटि गठन गरिएका हुन् । सातै प्रदेश इन्चार्ज, अध्यक्ष चयन भएको बताइएको छ । प्रदेश १ मा अध्यक्ष हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित राम, मधेश प्रदेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, वागमती प्रदेशको अध्यक्षमा नाम्गेल मुक्तान र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, गण्डकी प्रदेश अध्यक्षमा राजन यादव मनोज र इन्चार्जमा बद्रीप्रसाद न्यौपाने, लुम्बिनीको अध्यक्षमा पर्मानन्द वर्मा र इन्चार्जमा रिता देवी यादव, कर्णाली प्रदेश अध्यक्षमा सियाराम कुशवाहा र इन्चार्जमा उपेन्द्र साह र सुदुर पश्चिम प्रदेश अध्यक्षमा केशवराय चौधरी र इन्चार्जमा कुण्डन कुशवाहा लाई चयन गरिएको नवगठित पार्टीका अध्यक्ष प्रभु साहद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ । आम जनता पार्टीको चुनाव चिन्ह मोवाइल छाप राखिएको छ ।
उक्त बैठकबाट मंसिर ४ गते निर्वाचनमा स्वतन्त्र उम्मेदवार जिताउ अभियानमा साथ दिएका सम्पूर्ण न्यायप्रेमी जनताहरु प्रति उनले आभार व्यक्त गरे ।
तस्वीर फिचर आम जनता पार्टीको





बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन