काठमाडौं, १५ पुस । शुक्रबारबाट फिल्म ‘डिसेम्बर फल्स’ सार्वजनिक प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै देशभर यो फिल्म प्रदर्शनमा आएको हो ।
कुनै नेपाली फिल्म भिड्न नआएको कारण यसले एकल प्रदर्शन अवसर पाएको छ । अभिनेता आर्यन सिग्देल र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मले सिंगल थियटरको अलवा मल्टिप्लेक्समा पनि राम्रो शो पाएको छ ।
देशको सबैभन्दा ठुलो चेन भएको क्यूएफएक्सले यो फिल्मलाई देशभर २९ शोज दिएको छ । विशेषगरि, हलमा नयाँ फिल्म नहुनु, पुरानो फिल्मले पनि एक सातामै दम तोड्नु यसलाई फाइदा भएको देखिन्छ ।
लभ, एक्सन, सस्पेन्स र थ्रिलर बिषयमा निर्माण भएको यो फर्मुला फिल्म हो । दर्शक रिझाउने फर्मुला फिल्ममा रहेको निर्माण युनिटले बताउदै आएको छ ।
प्रवीण झाको निर्देशन र महेश आर गुप्ताको छायांकन रहेको फिल्मलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । रिजालले यसअघि ‘वान डे’, ‘कसम’, ‘धुवाँ यो नशा’ र ‘कायरा’ निर्माण गरिसकेका छन् । डिसेम्बर फल्स उनको पाँचौ फिल्म हो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन