काठमाडौँ, १५ पुस । भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेको छ । शुक्रबारको दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरमा ठोक्किँदा ऋषभ सवार कार दुर्घटनामा परेको हो ।
पूर्वक्रिकेटर भीभीएस लक्ष्मणले टिवट गर्दै ऋषभ खतरामुक्त भएको जानकारी दिएका छन् । डिभाइडरमा ठोक्किएपछि कारमा आगलागी भएको थियो । कार जलेर पूर्ण रूपमा नष्ट भएको समाचार संस्था एएनआईले जनाएको छ ।
पूर्वक्रिकेटर भीभीएस लक्ष्मणले ट्विट गर्दै ऋषभ खतरामुक्त भएको जानकारी दिएका छन् । टाउको र खुट्टामा चोट लागेका ऋषभलाई सुरुमा हरिद्वारको रुड्कीस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । अहिले उनलाई देहरादुनको म्याक्स अस्पताल सारिएको छ ।
ऋषभ आफैले मर्सिडिज कार चलाएको बताइएको छ । २५ वर्षीय ऋषभ यही जनवरी ३ देखि सुरु हुने श्रीलंकासँगको टि–२० र एकदिवसीय शृंखलाका लागि टोलीमा अटाएका थिए । फेब्रुअरीमा अस्ट्रेलियासँग हुने टेस्ट शृंखलाअघि उनलाई बेंगलुरुस्थित नेसनल क्रिकेट एकेडेमी पठाइएको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन