बर्मा, १५ पुस । म्यानमारको सैनिक अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेलको सजाय सुनाएको छ ।
सजाय सुनाएपछि उनको कुल जेल अवधि ३३ वर्ष पुगेको हो । लोकतान्त्रिक रूपमा निर्वाचित नेता फेब्रुअरी २०१६ मा सेनाले आफ्नो सरकारलाई अपदस्थ गरेदेखि घरमै नजरबन्दमा छिन् ।
उनले १८ महिनासम्म १९ वटा आरोपमा मुद्दाको सामना गरेकी छिन् । मानवअधिकार समूहले यी मुद्दाहरूलाई देखावटीको संज्ञा दिन्छ । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गत हप्ता मात्रै उनको रिहाइको माग गरेको थियो ।
शुक्रबार उनलाई अन्तिम पाँच आरोपमा सजाय सुनाइएको थियो । एक अदालतले उनलाई भ्रष्टाचारको दोषी पायो किनभने उनले सरकारको एक मन्त्रीका लागि लिएको हेलिकोप्टर भाडामा लिने नियमको पालना गरेकी थिइन् ।
सुकी यसअघि नै १४ ओटा विभिन्न मुद्दामा दोषी ठहर भइसकेकी छिन् । यी मामिलामा कोभिड सुरक्षा नियमहरूको उल्लङ्घन, वाकी टकी आयात गर्नु र आधिकारिक गोप्य कानूनको उल्लङ्घन समावेश छ ।
यस वर्ष उनका मुद्दाको सुनुवाई पनि बन्द कोठामा भयो जहाँ जनता र मिडियाको पहुँच प्रतिबन्ध थियो र उनका वकिललाई पत्रकार सँग कुरा गर्न दिएको थिएन ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन