पटना, एएनआई । बिहारको बोध गयामा एक चिनियाँ महिलालाई भिसा उलंघन गरेको कारण प्रहरी हिरासतमा लिएकी छिन् ।
यसअघि गत सात बिहारमा भएको विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रममा दलाई लामाको जासुसी गरेको प्रहरीले आशंका गरेको थियो ।
अहिले सुरक्षा सतर्कता अपनाउदै, प्रहरीले शंकास्पद चिनियाँ ‘जासूस’ को स्केच सामाजिक सञ्जालमा पोस्ट गरेपछि स्थानीय बासिन्दाहरूले दिइको जानकारीको आधारमा ती महिलाको पहिचान सोङ सियाओलानका रूपमा भएको थियो ।
वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरप्रीत कौरले भारतिय संचार, एनडीटीभीलाई बताएकी विदेशी नागरिकलाई गयाको महारानी रोडस्थित गेस्ट हाउसबाट पक्राउ गरिएको थियो र उनी दलाई लामाको कट्टर अनुयायी बनेकी थिइन् ।
“कोलकाताको विदेशी क्षेत्रीय दर्ता कार्यालयबाट सूचना पाएपछि उनको खोजी सुरु गरिएको थियो कि उनले भिसा नियमहरू उलंघन गरेकी थिइन् जसले उनलाई ९० दिनभन्दा बढी समय सम्म बस्न अनुमति दिएको थियो” ।
“उनी अक्टोबर, २०१९ देखि भारतमा छिन् । उनी जनवरी २०२० मा चार दिनको लागि नेपाल गइन् र भारत फर्किएपछि म्याक्लियोडगञ्जमा बसोबास गर्दै आएकी थिइन” । एसएसपीले बताए ।
कोभिड महामारीका कारण विगत दुई वर्षदेखि रोकिएको बोधगयाको वार्षिक भ्रमण यस वर्ष दलाई लामाले पुनः सुरु गरेका छन् । महाबोधि मन्दिर परिसर र ’चयगलमको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन