रौतहट, १९ पुस । सरकारको गठन भएसँगै न्यूनतम साझा कार्यक्रम ल्याउनका लागि गठन भएको समितिले काम थालनी गरेकोमा एमाले नै हाबी रहने संकेत पाइएको छ ।
पाँच दिनभित्र सरकारको तर्फबाट न्यूनतम साझा कार्यक्रमको खाका तयार पार्नका लागि उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको समितिले कामको थालनी गरेको हो ।
शिक्षा, स्वास्थ्य र सडक, खानेपानी, पूर्वाधार र कृषि जस्ता विषयलाई प्राथमिकतामा राखेर सरकारले न्यूनतम साझा कार्यक्रम तयार गर्ने भएका छन् । न्यूनतम साझा कार्यक्रम तयार गर्ने क्रममा पनि एमालेनै हावी रहेको छ । विगतमा एमालेले तयार पारेको चुनावी घोषणा पत्रलाई आधार मानेर न्यूनतम साझा कार्यक्रम तयार हुने एमालेका एक नेताले बताए ।
अर्थतन्त्रको सुधारमा जोड दिएर तयार गरिने न्यूनतम साझा कार्यक्रममा बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी तथा ज्येष्ठ नागरिकलाई सम्मान, संरक्षण र सुरक्षा प्रदान गर्ने विषयलाई समेटिने भएको छ ।
यसैगरी शिक्षा क्षेत्र सुधार लगायतका विषयमा आवश्यक योजना पनि कार्यक्रममा समेटिने ती नेताको भनाइ छ । यसअघि केपी शर्मा ओली सरकारका पालामा शुरुआत भई अधुरा रहेका कामको निरन्तरता र आर्थिक वृद्धिदरको लक्ष्य तथा सडक सञ्जाल, कालोपत्रे, अस्पतालहरूको निर्माण पूर्वाधारहरूको निर्माणजस्ता विषयलाई जोड दिइनेछ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन