राधेश्याम कुशवाहा
सर्लाही, २९ पुस । सर्लाहीको चक्रघटा गाउँपालिका वार्ड न. ५ पडरिया का जनशक्ति युवा क्लबले गरिब, दलित तथा विपन्न समुदायका १५ जना बालबालिकालाई न्यानो स्वीटर वितरण गरेको छ ।
क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि उक्त स्वीटर वितरण गरिएको हो । न्यानो स्वीटर पाएपछि बालबालिकाहरु खुशी भएका छन ।
स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय युवाहरूले गरिरहेको स्थानीय अनुठा रामले बताए । उहाँहरु हामी जस्तो विपन्नका लागि निस्वार्थ रुपमा कम्तीमा एउटा स्वीटर पनि लिएर आएकोमा अहिले पनि सहयोगी हात जिवितै रहेको महसुस गरे । स्वीटर वितरण गरेपछि जनशक्ति क्लबका युवाहरूलाई स्थानीयवासीले धन्यवाद समेत दिएका छन ।
गरिब, दलित तथा आर्थिक रुपमा विपन्न समुदायका बालबालिकालाई चिसोबाट बच्नका लागि न्यानो स्वीटर वितरण गरेको क्लबको अध्यक्ष धिरेन्द्र ठाकुरले बताए ।
विगत केही दिनदेखि निरन्तर चलेको चिसो हावा तथा हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसबाट विपन्न समुदायका बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएको महसुस गर्दै हाम्रो क्लबका साथीहरूले मिलेर आफनै व्यक्तिगत खर्चमा उक्त स्वीटर वितरण गरेको बताए ।
हामीसंग भएको स्रोत र साधन प्रयोग गरेर यस जाडो मौसमबाट आफू पनि बाँच्नु अनि अरूलाई पनि बचाउनु हामी मानवको पहिलो कर्तव्य हो । उनले भने । सानो भएपनी विपन्न बालबालिकाको अनुहारमा खुशी छर्कन जमर्को गरेको छु ।
जाडोयाम सकेसम्म बालबालिका लाई घरबाट बाहिर न पठाउन, पठाउनु परेमा बाक्लो लुगा लगाएर मात्र पठाउन, आगोको नजिक बालबालिका राख्दा विशेष सावधानी अपनाउन लगायतका थुप्रै सल्ला तथा सुझाव समेत स्थानीयहरुलाई जनशक्ति युवा क्लबले दिएका छन ।
न्यानो स्वीटर वितरण कार्यक्रममा क्लबको सदस्य धिरज यादव, सुरेन्द्र राम, बेचन पण्डित लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन