विदेशी कम्पनीको `प्रोपर्टी सो´ लाई लिएर राष्ट्र बैंकको चेतावनी

186 Shares

काठमाडौं, ३ माघ । दुबईको एक विदेशी कम्पनीले नेपालमा गैरकानुनी रूपमा ‘प्राेपर्टी साे’ आयोजना गर्ने भएको छ । दुबईको द म्याक नामक कम्पनीले जनवरी २१ देखि २२ सम्म काठमाडौंको सोल्टी होटलमा ‘दुबई प्रोपर्टी साे’ आयोजना गर्न लागेको हो ।
नेपालीले विदेशमा घरजग्गा तथा सेयरमा लगानी गर्न नपाउने कानुनी व्यवस्था भए पनि सो कम्पनीले नेपालको पाँच तारे होटलमै कार्यक्रम आयोजना गरी घरजग्गा बिक्रीको मेला (प्राेपर्टी साे) आयोजना गर्न लागेको मा चौतर्फी रुपमा विरोधका आवाज उठ्न थालेको छ । नेपालमा बसोबास गर्ने कुनै पनि नेपालीले विदेशमा घरजग्गा, धितोपत्र, सम्पत्ति खरिद गर्न र विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मा गर्न पाइँदैन ।
पुँजीगत प्रकृतिका यस्ता कारोबारको प्रचारप्रसारसमेत गर्न नपाइने कानुनी व्यवस्था भए पनि दुबईको सो कम्पनीले नेपालमा कार्यक्रम आयोजना गर्न लागेको छ । मेलामा लक्जरी अपार्टमेन्ट, टाउन हाउस र भिल्ला बुकिङ गर्नेले ५ प्रतिशत छुट पाउने भन्दै कार्यक्रम आयोजना गर्न लागिएको छ ।
यस्तै, घर खरिद गर्नेलाई युएईको १० बर्से गोल्डेन भिसादेखि बैंकिङ कर्जाको सुविधा दिने जानकारी दिइएको छ । प्रोपर्टी बुकिङ मात्रै गरेका २ जनालाई ३ रात ४ दिनका लागि दुबई घुमाउन लैजाने कम्पनीको तयारी छ ।
राष्ट्र बैंकले दियो कारबाहीको चेतावनी
द म्याक कम्पनीको सो तयारीप्रति लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सार्वजनिक सूचना नै जारी गरेको छ । यद्यपि राष्ट्र बैंकले सो कार्यक्रम र सो कम्पनीबारे कुनै उल्लेख गरेको छैन ।
‘नेपालीले विदेशी बैंकमा निक्षेप राख्न पाइँदैन, घरजग्गा किन्न पाइँदैन, सेयर किन्न पाइँदैन भनेर फेरि स्मरण गराएका हौँ, कानुनमा भएको कुरा कसैले बिर्सेको वा ध्यान नदिएको भए कारबाहीमा परिन्छ भनेर सचेत गराउन यस्तो सूचना प्रकाशित गरिएको हो,’ नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।