मास्क नलगाउने ९८ जना कारवाहीमा

514 Shares

तराई टप संवाददाता
रौतहट, ११ बैशाख । जिल्ला प्रशासन कार्याल रौतहटद्धारा जनहितमा जारी गरेको कोभिड १९ को सामान्य प्रोटोकल उलंघन गर्ने ८ महिला सहित ९८ जनालाई कारवाही गरेर जरिवाना गरिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले जनहितमा जारी गरिएको कोभिड १९ को स्वास्थ्य मापदण्ड पुरा गरेर घर बाहिर निस्कन अपिल गर्दै प्रशासन सहितका पदाधिकारीहरु जिल्लाभरी मास्क वितरण गर्दै विना मास्कको बाहिर ननिस्कन आग्रह गर्दा पनि सोको अटेरी गर्नेहरु ९८ जनालाई कारवाही गर्दै जरिवाना गरिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शनिबार बिहान ६ बजेदेखि साझ ६ बजे सम्म जिल्लाको विभिन्न स्थानमा प्रहरीले चेकजाँचको क्रममा मास्क प्रयोग नगरेका ९० जना पुरुष, महिला ८ जना गरी ९८ जनालाई कारवाही गर्दा ९,८०० राजश्व संकलन गरिएको छ ।
त्यसैगरी मास्क प्रयोग नगरेका पुरुष ९५५, महिला ३२० जना गरी १२७५ जनालाई एक घण्टा रोकी सम्झाई बुझाई कोभिड सम्बन्धि जनचेतना दिएर एक पटकको लागि छाडीएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी भरत श्रेष्ठले जानकारी दिए । प्रहरीले रौतहटमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि केही दिनदेखि कडाईका साथ चेकजाँचलाई गति दिएको छ भने सिमावर्ती भारतबाट आउनेहरुलाई सिमावर्ती महादेवपटीमा स्वास्थ्य हेल्थ डेस्कमा चेकजाँच गरेर मात्रै नेपाल प्रवेश हुन दिएको तथा उनीहरु माथि निगरानी राखिदै आएको समेत उनले बताए ।
प्रहरीले समाजिक दुरी कायम गर्न, मास्क अनिवार्य लगाउन र कोभिड–१९ बाट आफू बचौं अरुलाई बचाऔं भन्दै अभियान नै सञ्चालन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।