काठमाडौं, ६ माघ । अभिनेत्री तथा पूर्वमिस नेपाल इन्टरटेसनल शुभेच्छा खडकाले प्रेमी आश्वासन जोशीसँग इन्गेजमेन्ट गरेकी छिन् ।
शुक्रबार काठमाडौंको एक होटलमा आयोजित समारोहमा यी दुईले टीकाटालो गरेका हुन् । गत महिना आश्वासनले चितवनको एक जमघटमा शुभेच्छालाई विवाह प्रस्ताव राख्दै रिङ लगाइदिएका थिए ।
टीकाटालो समारोहमा दुवै पक्षका परिवार र आफन्तसहित केही सेलिब्रिटी उपस्थित थिए । पूर्वमिस नेपाल तथा अभिनेत्री सृष्टि श्रेष्ठ, पूर्वमिस नेपाल अश्मी श्रेष्ठ पनि सहभागी थिए । शुभेच्छा र आश्वासन दुई वर्षयता प्रेम सम्बन्धमा थिए । यसैवर्ष विवाह गर्ने उनीहरुको तयारी रहेको जनाइएको छ ।
‘रणवीर’ फिल्मबाट अभिनयमा डेब्यु गरेकी शुभेच्छा टेलिभिजन पर्सनालिटी समेत हुन् । उनको आगामी फिल्म ‘प्रेमा’ चैत ४ गते प्रदर्शन हुने तयारीमा छ । शुभेच्छा र आश्वासनलाई फेसन, चलचित्र, संगीतका सेलिब्रिटीले बधाई तथा शुभकामना दिइरहेका छन् ।



बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन