नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनेहरु पुरस्कृत

117 Shares

काठमाडौँ, ८ माघ । नेपाली मौलिक गीत, सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई नातिकाजी स्मृति समाजले नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा शुक्रबारको शीतल निवासमा एक समारोहको आयोजना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान तथा पुरस्कार’ प्रदान गरेकी छिन् ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न जातीय समुदायका मौलिक संस्कृतिसँगै गीतसङ्गीतले नेपालको भौगोलिक विविधताको समेत प्रतिनिधित्व गर्ने र विश्वभर रहेका नेपालीबीच आत्मीय सम्बन्ध स्थापित गर्ने क्षमता राख्ने बताइन् ।
कार्यक्रममा ‘नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान २०७८’ बाट मनबहादुर मुखिया, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणीन्द्र राई, दीप तुलाधर, बिके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तु सम्मानित भएका थिए ।
‘नातिकाजी राष्ट्रिय पुरस्कार’ बाट एकनारायण भण्डारी, कालीप्रसाद बाँस्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठी, ‘नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार’ बाट देबेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारी, ‘राष्ट्रिय लोक सङ्गीत पुरस्कार’ बाट लोक गायिका देवी घर्ती, ‘राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार’ बाट चन्दनकुमार श्रेष्ठ, ‘नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार’ बाट रबिन कार्की ढली तथा ‘नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार’ बाट आशिष सचिन गौतम पुरस्कृत भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।