237
Shares
रौतहट, ७ माघ । दुर्गा भगवती गाउँपालिकाद्धारा जारी अध्यक्ष कप जिल्ला स्तरिय नक आउट टि २० क्रिकेट टुर्णामेन्ट अन्तर्गत आईतवार सम्पन्न भएको खेलमा कटहरिया नगरपालिकाले राजदेवी नगरपालिकालाई ३ विकेटले पराजित गरेका छन् ।
दुर्गा भगवती गापाको सरस्वती मावि पिपरा भलोहियामा जारी रहेको जिल्ला स्तरिय अध्यक्ष कप अन्तर्गत आजको खेलमा राजदेवी नगरपालिकाले टस जितेर पहिला ब्याटिंग गरेर निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १२४ रनको योगफल तयार पार्न सफल भए ।
जवाफी ब्याटिंगमा उत्रिएका कटहरियाले २० ओभरमा ७ विकेटको क्षतिमा १२५ रन बनाई विजयी भएको आयोजक समितिका सदस्य वेदानन्द ठाकुरले जानकारी दिए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन