प्रेमचन्द्र झा
रौतहट, ८ माघ । रौतहटको गौरमा आइतबार विमान दुर्घटनामा मृत्यु भएका २ पत्राकारहरुको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहटको कार्यालयमा सम्पन्न सो कार्यक्रम पत्रकार महासंघ रौतहटको आयोजनामा सम्पन्न भएको हो ।
गत माघ १ गते पोखरा जहाजमा दुर्घटनामा मृत्यु भएका पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य त्रिभुवन पौडेल र पत्रकार अनिल शाहीको सम्झनामा श्रद्धान्जली कार्यक्रम सम्पन्न गरेको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले जानकरी दिनु भयो ।
सो कार्यक्रममा विमान दुर्घटनामा पत्रकार द्धयको निधनले पत्रकार क्षेत्रमा ठुलो क्षति भएको प्रमुख अतिथि नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले जिकिर गर्नु भएको छ ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष कैलास दासले पत्रकार जगतमा मृतक द्धय पत्रकारको अतुलनिय योगदान रहेकाले उहाको योगदानलाई हामीले जोगाइ राख्नु पर्ने बताउनु भयो ।
पत्रकार महासंघ रौतहटका अध्यक्ष समेत रहनु भएका कार्यक्रमका सभाअध्यक्ष प्रेमचन्द्र झाले मृतक पत्रकारहरुको आत्माको शान्तिका लागी पत्रकार आचारसंहितामा रहेर सत्यतथ्य समाचारहरु सम्प्रेषणमा पत्रकार साथीहरुले जोड दिनु पर्नेमा सुझाव दिनु भयो ।
मृतक पत्रकार द्धयलाई पत्रकार महासंघले सदा सम्मानका साथ सधै सम्झिरहने बताउनु भयो । कार्यक्रममा पत्रकार महासंघ रौतहटका उपाअध्यक्ष प्रविन शर्मा , वरिष्ट पत्रकार प्रभात झा लगायत रौतहटका अधिकांस पत्रकारहरुको सहभागीता रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन