त्रिदेशीय सीमा नजिक चीनले ठूलो बाँध निर्माण गर्दै भविष्यमा जल संकट उत्पन्न हुने आशंका

203 Shares

यितेन्द्र शर्मा

चीन, भारत र नेपाल सँगको त्रिदेशीय सीमा नजिकै तिब्बतको माब्जा जाङ्बो नदीमा चीनले बाँध निर्माण गरिरहेको तस्वीरहरु सार्वजनिक भएको छ ।
बाँध निर्माणस्थल कालापानी क्षेत्रबाट उत्तर त्रिदेशीय सीमा क्षेत्र देखि करिब १६ किलोमिरको दूरीमा रहेको हो । तिब्बतको काउन्टीबाट उत्पत्ति भएको माब्जा जाङ्बो नदी नेपालबाट घाघरा हुँदै भारतको गंगा नदीमा मिसिन्छ ।
भूस्थानिक खुफिया अनुसन्धान कर्ताहरुले ट्वीटरमा शेयर गरेका सो क्षेत्रका स्याटेलाइट तस्वीरहरूलाई आधार बनाएर भारतीय दैनिक पत्रिका ‘द हिन्दू’ ले यस विषयमा समाचार लेखेको छ । ट्वीटर प्रोफाइल अनुसार इन्टेल ल्याबका भूस्थानिक खुफिया अनुसन्धानकर्ता डेमियन साइमनले १९ जनवरीमा ट्वीटबाट बाँधको निर्माण कार्य भइरहेको स्याटेलाइट तस्वीरहरू पोस्ट गरेका थिए ।
उक्त तस्वीरमा नेपालसँग सीमा जोडिने तिब्बतको बुराङ काउन्टीमा सन् २०२१ को मे देखि भइरहेका गतिविधि देख्न सकिन्छ । ‘सन् २०२१ को सुरु देखि नै चीनले भारत र नेपालको त्रिदेशीय सीमानाको उत्तरपट्टी केही किलोमिटर पर माब्जा जाङ्बो नदीमा बाँध निर्माण गरिरहेको छ । जबकि संरचना पूरा नभएको परियोजनाले भविष्यमा यस क्षेत्रको पानीमा चीनको नियन्त्रण हुनेबारे चिन्ता बढाउनेछ,’ साइमनले ट्वीटमा उल्लेख गरेका छन् । उनले ट्वीटरमा राखेका तस्वीरमा जलाशय सँगै तटबन्ध निर्माणको काम भइरहेको स्थान देखिएको छ ।
‘द हिन्दु’ का अनुसार भारतीय सुरक्षा विज्ञहरूले साइमनको दावीलाई नकार्न नसकिने बताएका छन् । ‘पानीलाई लाभको रूपमा प्रयोग गरेर त्रिदेशीय सीमाना नजिकै चीनले सैन्य क्षेत्र स्थापना गर्न लागेको हुनसक्छ । किनभने, अरुणाचल प्रदेश नजिकैको यार्लुङ जाङ्बो नदीमा यस अघि चीनले त्यस्तै गतिविधि गरेको थियो’, स्रोतलाई उद्धृत गर्दै हिन्दुले उल्लेख गरेको छ ।
चीनले यो बाँधलाई डाइभर्ट गर्न मात्र नभई माब्जा जाङ्बो नदीमा आश्रित क्षेत्रमा पानीको अभाव हुनसक्ने र नेपालको कर्णाली र घाघरा जस्ता नदीमा पानीको सतह घटाउन पनि प्रयोग गर्न सक्ने दावी ‘द हिन्दू’ को समाचारमा उल्लेख गरिएको छ । त्यहाँका विवादित क्षेत्रहरूमा आफ्नो दावीलाई बलियो बनाउन चीनले सीमा नजिकै बाँधहरू प्रयोग गर्न सक्ने भारतीय विज्ञहरूको आँकलन छ ।
ब्रह्मपुत्रलाई तिब्बतमा यार्लुङ जाङ्बो नदीका नामले चिनिन्छ । यो नदी तिब्बतको हिमालबाट निस्केर भारतको अरुणाचल प्रदेशमा हुँदै आसाम र त्यसपछि बंगलादेश हुँदै बंगालको खाडी सम्म पुग्छ ।
२०२१ मा, चीनले यार्लुङ जाङ्बोको तल्लो भागमा ७० गिगावाट विद्युत् उत्पादन गर्न ठूलो बाँध बनाउने घोषणा गरेको थियो । जुन चीनको ‘थ्री गर्जेस’ बाँध भन्दा तीन गुणा ठूलो हो भने क्षमताको हिसाबले विश्वको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो । सन् २०६० सम्ममा स्वच्छ ऊर्जा उत्पादन र कार्बन न्यूट्रलिटी हासिल गर्न चीनले घोषणा गरेका अन्य धेरै जलविद्युत आयोजनाहरूमध्ये यो पनि एउटा हो । विभिन्न अनलाइनखबरमा प्रकाशित ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।