नेपाल भारत बीचको सम्बन्ध अटुट, मैत्रीपूर्ण एवं बहुयायमिक–महावाणिज्यदूत नितेशकुमार

319 Shares

रौतहट, १५ माघ । भारतीय महावाणिज्य दुतावास विरगंजका प्रमुख नितेश कुमारले नेपाल भारत बिचको सम्बन्ध अटुट, मैत्रीपूर्ण, सुमधुर एवं बहुयायमिक रहेको बताए ।
भारतको ७४ औं गणतन्त्र दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री संघद्धारा “नेपाल भारत मैत्री सम्बन्ध” एक दिवसीय विचार गोष्ठी आईतवार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा महाबाणिज्यदूत कुमारले उक्त कुरा बताएको हो ।
नेपालको विकास निर्माण देखि लिएर धार्मिक, साँस्कृति, भौगोलिक लगायतका हरेक क्षेत्रमा भारतले हर सम्भव मित्रव्रत सहयोग गरिरहेको चर्चा गर्दै यी सबै नेपाल भारत विच सदियौं देखि कायम रहेको अटुट र मैत्री सम्बन्धको उपज रहेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी लगायतका विविध क्षेत्रमा सहयोग गरेर नेपाललाई विकसित राष्ट्रको सुचीमा पुर्याउन भारत कटिबद्ध रहेको बताए ।
आउदो समयमा पनि मधेश प्रदेशमा महावाणिज्यदूतावास मार्फत हुने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नेपाल भारत मैत्री संघ रौतहटका अध्यक्ष गृषनन्दन सिंहको अध्यक्षमा सम्पन्न यक्त कार्यक्रममा समाजसेवी डा. नन्दकिशोर झा, उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल, रेडक्रशका अध्यक्ष राजकिशोर यादव, राजनीतिकर्मी अनिल सिंह, श्रीराम यादव, सत्येन्द्र सिंह, नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधिर सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रभातकुमार झा, नेत्र ज्योती संघका अध्यक्ष विजय सिंह लगायतका वक्ताहरुले नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सबैले आ आफना स्तरबाट यथोचित पहलकदमी गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।